
हिरोईन ईन आउटको खेलका कारण फ्लोरमा जान नपाएको नो स्मोकिङ्गमा फिल्ममा महिमा सिलवाल ईन भएकी छिन् ।

द्धन्द्ध पिडित बालबालिकाको सहयोगार्थ फिल्म 'रंग'को पहिलो विशेष प्रर्दशनी शनिबार सर्लाहीको विणा चलचित्र मन्दिर लालबन्दीमा सम्पन्न भएको छ । विशेष प्रर्दशनीमा प्रमुख आर्कषण नेपाली रजपटका महानायक राजेश हमाल रहे । जनकपुर अञ्चलमै पहिलो पटक यसरी सार्वजनिक कार्यक्रममा महानायक हमाल सहभागी भएका हुन् ।

पहिलो फिल्म चपली हाईट सुपरहिट भएपछि एकाएक चर्चा पाएकी नायिका बिनिता बरालको दोस्रो फिल्म भने फ्ल्प भयो । दोस्रो फिल्म फ्ल्प भएपछि एकाएक हराएकी बिनिता अहिले भने सुपरहिट फिल्म लिएर आएकी छिन् ।

फिल्म जर्नलिष्ट दिनेश सिटौलालाई मातृ शोक परेको छ ।

नेपाली फिल्म क्षेत्रको केहि गलत प्रवृतिलाई उजारग गर्न खोजेको फिल्म कलिउडले कोही कसैलाई गलत आक्षेप लगाउन नखोजेको निर्देशक नवराज आचार्यले बताएका छन् । कलिउडका पात्रहरू काल्पनिक रहेको भन्दै उनले कोही कसैले पनि गलत अर्थ नलगाउन आग्रह गरे ।

बिशुद्ध नेपाली पनको कथा बोकेर निर्माण गरिएको फिल्म 'रिदम'को आगामी शनिबार अष्ट्रेलियाको सिड्नीमा प्रिमियर गरिने भएको छ । ब्ल्याक मेल फिल्मको प्रिमियर गरे पश्चात '+977'ले यो फिल्मको प्रिमियर आयोजना गर्न लागेको हो ।

