
सरकारले आन्दोलनप्रति बेवास्ता जनाएपछि राते काईला आक्रोशित भएका छन् ।

चैत ९ लाई रिलिज मिति तय गरिएको मञ्जरी फिल्मको 'के हुदैछ कुन्नी' बोलको गीतको सिआरबीटीबाट संकलन हुने ५० प्रतिशत रोयल्टी रकम अनाथालयलाई दिईने सहमति भएको छ ।

हजारौं दर्शक माझ शुक्रबार बिहान फिल्म 'कलिउड'को कतारको दोहा सिनेमा हलमा रेड कार्पेट प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मका निर्देशक नवराज आचार्य, नायकद्धय आर्यन सिग्देल र बिष्णु कार्की, नायिका प्रियंका कार्की, सिनेमाटोग्राफर हरि हुमागाईं तथा निर्माताद्धय नरेन्द्र सिंह ठकुरी र बिशाल श्रेष्ठ उपस्थित थिए ।

फिल्ममा पर्दा पछाडी काम गर्नेहरु त्यति चर्चामा आएको पाईदैँन । लाईटम्यान, स्पटब्वाई, ड्रेसम्यान लगाएतका फिल्मका लागी अभिन्न अंगहरुको त कुरै छोडौँ, फिल्मलाई जतिसक्दो राम्रोसंग खिचेर दृश्यलाई दर्शकहरुको आँखा नबिझाउने बनाउनका लागी खट्ने सिनेम्याटोग्राफर पनि चर्चाको हिसाबले निकै पछाडी नै हुन्छन् । तर, यो मामलामा सिनेम्याटोग्राफर सुशन प्रजापति भने अपबाद हुन् ।

आन्दोलनको मर्म विपरित चलचित्र बिकास बोर्डलाई गोजीमा राखी विभिन्न निर्णय गरेको भन्दै बिकास बोर्डका सदस्य सचिव धनराज ज्ञावालीलाई फिल्मकर्मीले बोर्ड प्रवेश गर्न नदिने भएका छन् ।

सरकारले आफ्नो सभ्य आन्दोलनलाई नसुने सिंहदरबार घेर्ने चेतावनी फिल्मकर्मीले दिएका छन् ।

