Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

`अक्सिजन सकिंदा झण्डै मरिन` : अर्जुन कार्की

फिल्मीखबर, काठमाण्डौ, 2013/05/29

बिश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाईला टेकेका नायक अर्जुन कार्कीले हिमाल चढ्नु भनेको मृत्यु नजिक पुग्नु जस्तै रहेको बताए । हालै मात्र सफल सगरमाथा आरोहण गरेर फर्किएका कलाकारद्धय निशा अधिकारी र अर्जुन कार्कीलाई सम्मान गर्न कलाकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नायक कार्कीले अक्सिजन अभावका कारण धन्नै आफ्नो ज्यान गएको बताए ।

 

'अक्सिन सकिंदा म निकै छटपटाएको थिएँ,' अर्जुनले सगरमाथा चढ्दाको अनुभव सुनाउँदै भने- 'यहि धेरै गार्‍हो होला जस्तो लागेको थिएन । साँच्चिकै भन्दा हिमाल चढ्नु सबैभन्दा गार्‍हो काम लाग्यो ।' थुप्रै फिल्ममा खतरनाक स्टन्ट दिएका अर्जुनले सगरमाथा चढ्दा दु:ख भएपनि अहिले सुखको अनुभुति गरेको बताए । चिसोले दुबै खुट्टाका औंला खराब भएका कारण उनी उपचारार्थ छन् ।

 

यस्तै अर्जुनले सगरमाथाको चुचुरोमा एक मिनेट टाउकोले टेकेर उभिएको बताउँदै अहिले सम्म यस्तो काम कसैले नगरेकाले गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन प्रयास गर्ने बताए । सहयोगीको रूपमा सगरमाथा चढेका अर्जुनले भने- 'केहि नयाँ गरौं भन्ने लाग्यो र टाउकोले एक मिनेट टेकेर उभिएँ ।'

 

नायिका निशा अधिकारीले पनि सगरमाथा चढ्दा निकै कष्ट पाएको बताईन् । 'मैले त स्वर्ग र नर्क दुबैको अनुभव गरें,' निशाले भनिन्- 'यात्राको क्रममा मरेका मान्छेको लास हेर्दा निकै दु:ख र डर पनि लागेको थियो तर जब चुचुरोमा पाईला टेकें अनि छुट्टै आनन्दको अनुभुति भयो ।' संघका अध्यक्ष नवल खड्का सहित केहि कलाकारहरूले अर्जुन र निशालाई बधाई दिंदै फुलमाला सहित खादाले सम्मान गरेका थिए ।