
यसअघि थुप्रै फिल्ममा अनस्क्रिन रोमान्स गरेका जोडी रेखा थापा र जीवन लुईटेल यसपटक भने एकआपसमा भिड्दैछन् । यस बर्षको अन्त्यमा हुने यि दुईको भिडन्त यस बर्षकै आकर्षक भिडन्त हुने अनुमान लगाईएको छ ।

बिनिता बराल आजभोली कुकुरको खोजीमा हिड्न थालेकी छिन् । बाटोमा डुल्दै हिड्ने भुस्याहा कुकुरको खोजीमा बिनिता किन हिडिन् त ? पक्कै पनि चासोको बिषय हुनसक्छ ।

१३ बर्ष मुनिका बालबालिकाले नोटबुक फिल्म हेर्न अभिभावकको साथ हल पुग्नु पर्ने भएको छ । सोमबार साँझ सेन्सर बोर्डका सदस्यहरूले फिल्म हेरे पश्चात `प्यारेन्टल गाईडेन्स` अर्थात् (पिजी) दिएको निर्देशक योगेश घिमिरेले फिल्मीखबरलाई जानकारी गराए । फिल्मका राखिएको द्धन्दको सिनले पिजी सर्टिफिकेट पाएको योगेशको भनाई छ ।

मोफसलका दर्शकसंग फिल्ममैत्री बाताबरण निर्माणका लागि यस पटकको राष्ट्रिय चलचित्र महोत्सव पूर्वाञ्चलको धरानमा गर्ने तयारी गरिएको छ ।

नक्कल गर्नु पनि एउटा कला नै हो । अक्कल पुर्याएर नक्कल गर्यो भने त त्यसलाई केहि हदसम्म स्विकार्न सकिन्छ तर अक्कल पुर्याएर नक्कल गर्न नजान्नेलाई के भन्ने ?

सेलिब्रेटीहलाई हेर्न हलको सिटहरुमा दर्शकको घुईचो पर्याप्त नदेखिए पनि प्रत्यक्ष हेर्नका लागि भने दर्शकले आफ्नो सम्पूर्ण समय खर्चिएको देखिएको छ । रुकुमको मुसिकोट पुगेका स्टारहरुलाई हेर्न क्रममा करिब १५ हजार बढी दर्शकको हुटिङले आज मुसिकोट गुञ्जिएको हो ।

