यहि जेठ १८, १९ र २० गते धरानमा हुन लागेको चलचित्र महोत्सवको मौका छोपेर फिल्म 'लभ फरेभर'को टिम मोफसल प्रोमोशनमा निस्कने भएको छ । कलाकारद्धय गजित बिष्ट र माधव आचार्यको साथमा निर्देशक शंकर आचार्य भोली बिहिबारका दिन काठमाण्डौबाट चितवन, हेटौंडा हुँदै धरानमा हुन लागेको महोत्सव छोप्न त्यसतर्फ प्रस्थान गर्दैछन् ।
'महोत्सवमा जानु पर्ने भएकाले त्यहि मौका छोपेर फिल्मको प्रोमोशन गर्न देशदौडाहमा निस्कन लागेका हौं,' निर्देशक आचार्यले भने- 'यो हाम्रो यात्रा एक पन्थ दुई काज जस्तै हुनेछ ।' असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रोमोशन गर्न टोली पूर्वको दमक र विर्तामोडको साथमा पश्चिम नेपालको पोखरा पनि पुग्ने भएको छ । धरान महोत्सवमा फिल्मका नायक गजित बिष्ट र नायिका सुमिना घिमिरेले आ-आफ्नो प्रस्तुती पस्किनेछन् । 'त्यहि मौकामा फिल्मको पनि प्रचारप्रसार राम्रै होला भन्ने आश छ,' निर्देशकले भने ।

