Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

महानायकले भने- `म बाबु बोगटीको फ्यान`

फिल्मीखबर, काठमाण्डौ, 2013/05/28
महानायक राजेश हमालले आफू बाबो बोगटीको फ्यान भएको बताएका छन् । मंगलबार गायकसँगै नायकको पगरी गुथेका बाबुको चौथौं एल्बम 'प्रायश्चित्'को विमोचन गर्दै महानायक हमालले बाबुका गीतहरू आफूलाई निकै मन पर्ने बताए ।
 
 
'सबैले बाबुलाई मल्टिट्यालेन्ट एक्टर भन्नु भएको छ । साँच्चिकै उहाँ मल्टिट्यालेन्ट हुनुहुन्छ भन्ने कुरा बाटो मुनिको फूलमा सँगै काम गर्दा थाहा भयो,' हमालले भने- 'भलै सो फिल्ममा बाबु र मेरो सिन थिएन तर उहाँले जति राम्रो गीत गाउनु भएको छ त्यतिनै राम्रो अभिनय पनि गर्नु भएको छ ।' यस्तै हमालले थुप्रै स्टेज कार्यक्रमहरूमा बाबुको गीतले आफूलाई नचाएको समेत बताए ।
 
 
बाटो मुनिको फूल, न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, आई एम ईन लभ, मेरो भ्यालेनटाईन, वितेका पल, प्रोड्यूसर, देश खोज्दै जाँदा लगायतका फिल्ममा अभिनय गरिसकेका बाबुले ७ बर्षपछि ‘प्रायश्चित’ एल्बम बजारमा ल्याएका हुन् । ७ गीत समावेश गरिएको सो एल्बममा स्वर तथा संगीत बाबुकै रहेको छ भने शब्द राजेन घतानी, प्रकाश पोख्रेल, तिर्थ दाहाल, शित्तल कादम्बिनी, जीएम प्रधान र शुसन खड्काको रहेको छ ।
 
 
 
कार्यक्रममा निर्मल लामाको निर्देशनमा केकी अधिकारी र उत्तम गजमेरको अभिनय रहेको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो भने गायक सत्यराज आचार्यले बाबुको एल्बमको समिक्षा गरेका थिए । सत्यराजले एल्बमको समिक्षा गरेपछि महानायक हमालले संगीतको केहि भाषा सिकेको बताएका थिए ।
 
 
बाबुको एल्बम बिमोचन हमालको साथमा निर्देशकद्धय सुरज सुब्बा 'नाल्बो' र सुरेश दर्पण पोखरेलले गरेका थिए । निर्देशक सुब्बाले बाबु राम्रो गायक मात्र नभई राम्रो अभिनेता समेत रहेको बताएका थिए । यस्तै कार्यक्रमको सञ्चालन गरेका निर्माता राजेश घतानीले पनि बाबुको खुलेर प्रशंशा गरेका थिए ।