Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाबुरामले हेरे `उमा`

फिल्मीखबर, काठमाण्डौ, 2013/05/29

एनेकपा माओदीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा केहि दिन अगाडी फिल्म 'उमा' हेर्न इच्छा व्यक्त गरेका थिए । आफ्नो इच्छालाई उनले बुधबार साँझ पूरा गरे ।

 

बाबुराम आफ्नी श्रीमती हिसिला यामी र छोरी मानुषीलाई लिएर सिभिल मलमा साढे ६ बजेको शो हेर्न पुगेका थिए । पूरै फिल्म हेरेपश्चात नेता भट्टराईले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । 'प्रस्तुती र कलाकारको अभिनय निकै राम्रो छ,' बाबुरामले भने- 'मानविय पक्षलाई फिल्मले राम्रोसँग उजागर गरेको छ ।' यस्तै हिसिलाले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिईन् ।

 

छिरिङ रितार शेर्पा निर्देशित यो फिल्मको प्लट भनेको दशवर्षे जनयुद्ध नै हो । 'यो फिल्म बस्तुबादी ढंगले निर्माण गरेको मैले पाएँ,' बाबुरामले भने- 'निर्देशकले जसरी हेरेपनि फिल्मको कलात्मक पक्ष उत्कृष्ट र हेर्न लायक छ ।' मिला प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको व्यवसाय भने आक्रमक देखिएको छैन यध्हपी समिक्षकहरूले पनि फिल्म निकै राम्रो बनेको बताएका छन् ।
 
 
माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको सम्बन्ध वरिपरि घुमाएर निर्माण गरिएको फिल्म 'उमा'मा ऋचा शर्मा, सौगात मल्ल, मिथिला शर्मा,  दयाहाङ राई, प्रविण खतिवडा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ लगायतले अभिनय गरेका छन् ।