Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महोत्सव स्थलमा रिहर्सल/ महजोडीले गरे उदघाटन

श्यामसुन्दर गिरी, धरान, 2013/06/01
सुन्दर नगरी धरानमा आज बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले उदघाटन गरेको ३ दिने चलचित्र महोत्सवको औपचारीक उदघाटन हुनु पूर्व कार्यक्रममा स्थलमा नै कलाकारहरुले रिहर्सल गर्नु परेको छ । शंकर बिसी र कविराज गहतराजको कोरीयोग्राफीमा १ दर्जन जती नायक नायिकाहरुले सो कार्यक्रममा प्रस्तुती दिंदैछन् ।
 
हिजो राती कलाकार र संचारकर्मीको टोली धरान पुगेको हो भने चर्चित केहि फिल्मकर्मीहरू भने आजै बिहान प्लेन मार्फत महोत्सवमा सहभागी हुन धरान आएका हुन् । महोत्सबमा नायिकाहरु कलाकारहरू राजबल्लभ कोईराला, यशराज गरच, गजित बिष्ट, मानब सुबेदी, सुरज प्रजापती, नीता ढुंगाना, अशिष्मा नकर्मी, शुष्मा कार्की, सुमिना घिमिरे, अनु शाह, निश्मा घिमिरे, शुष्मिता कार्कीलगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहनेछ ।
 
कार्यक्रम स्थलमा नै रिहर्सल गर्न असहज जनाउदै नायिका सुमिना घिमिरे रिसले चुर पनि भईन् । काठमाडौंमा कलाकारहरुलाई प्रयाप्त समय रिहर्सल नगरी धरान उतार्नुको कारण पनि यस्तो असहज वातवरणको स्थिती सिर्जना भएको हो । निर्धारित समय भन्दा केही ढिलो अर्थात दिउँसो २ बजे महोत्सवको उदघाटन भएको हो । प्रभात फेरी कार्यक्रमबाट शुरु भएको 'राष्ट्रिय चलचित्र महोत्सव २०७०'मा नेपालका चर्चित सेलिब्रेटीहरूको उपस्थिती रहेको छ ।