
गोबिन्द शाहीको निर्माणमा रञ्जित रानाले निर्देशन गरेको फिल्म 'संसार आफ्नै' को नयाँ प्रोमो सार्वजनिक गरिएको छ । साउन १२ गते रिलिज हुने सो फिल्मको प्रचारप्रसारलाई निर्माता शाहीले अहिले तिब्र पारेका छन् ।

सफल प्रोड्यूसर छवि ओझाको फिल्म किस्मतबाट डेब्यू गरेका अभिनेता आर्यन सिग्देलले उनको तीन वटा प्रोजेक्टमा निरन्तर खेले तर छवि पत्नी रेखा थापासंगको सम्बन्धमा आर्यनको उतारचढाव आएपछी सो क्याम्पमा आर्यन आटाएनन् । छविले सधै चाहान्थे आर्यनलाई आफ्नो ब्रान्डिङ हिरो बनाउन तर रेखाको अगाडी छविको केही नलागेपछी आर्यनले छविका पछिल्ला दुई प्रोजेक्ट गुमाउनु पर्यो ।

दिलमाया फिल्मबाट पार्श्वसंगीतमा हात हालेका अर्जुन पोखरेल अहिले निर्माताको रोजाईमा परेका संगीतकार मध्येका एक हुन् । हुनत उनले संगीत भरेका दुई फिल्म दिलमाया र भनिदेउ न माया गर्छु मात्र रिलिज भएका छन् तर रिलिज हुन बाँकी भने एक दर्जन भन्दा बढि छन् ।

होम प्रोडक्सनको फिल्म बाबुसाहेव फल्प भएपछी त्यसको रन्काले झण्डै करिब चार बर्ष अमेरिका पलायन भएकी अभिनेत्री करिष्मा मानन्धर पुनः अमेरिका जाँदैछिन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार अबको केही साता भित्रै उनी अमेरिका जान लागेकी हुन् ।

हमालको सहयात्री करिश्मा मानन्धरले भने उनलाई दिएको महानायको ट्याग परिवर्तन गर्नु पर्ने तर्क राखेकी छिन् ।

महानायक राजेश हमाल आफ्ना फ्यानहरुको घेराबन्दीमा धेरै पटक परेका छन् । आईतबार रङ फिल्मको सुटिङका लागि त्रिभुवन विश्वविद्यालय किर्तिपुरको शिक्षा संकायको लवीमा युवा विद्यार्थीको घेराबन्दीमा परेपछी सो माहोलबाट बाहिर निस्कन उनले निकै सास्ती खेप्नु पर्यो ।