Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘योङ माईन्ड इन्टरटेनमेन्ट अवार्ड २०१२’ सम्पन्न

फिल्मीखबर डटकम, काठमाडौं, 2013/06/01
‘योङ माईन्ड इन्टरटेनमेन्ट अवार्ड २०१२’ हिजो बिहिबार आयोजना भएको छ । यो अवार्ड काठमाडौंको जमल स्थित नाचघर आयोजना गरिएको हो । विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको सो समारोहमा आधुनिक, पप, लोक दोहोरी, चलचित्र लगायतका विभिन्न ४२ विधाका विजेताहरुलाई अवार्ड प्रदान गरिएको छ । गायक, गायिका, संगीतकार, म्युजिक भिडियो निर्देशक, मोडललगायतका विधालाई अवार्ड प्रदान नगरिएको हो । 
 
योङ माईन्ड इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न समारोहमा आधुनिक गीत तर्फ गायकको अवार्ड मनोज राजले पानीको फोका...बाट र गायिकाको अवार्ड यही गीतबाट रजिना रिमालले प्राप्त गरिन् । यस्तै संगीतकारको अवार्ड शिखर सन्तोषले हाँसिल गरे । 
 
कार्यक्रममा आधुनिक गीतबाट भिडियो निर्देशकको अवार्ड टुक्रा पर्न मिल्ने भए मुटु...गीतको भिडियोबाट उमेश गुरुङले प्राप्त गरे ।  यस्तै पुरुष मोडलको अवार्ड फिका फिका...गीतबाट बिमलेश अधिकारीले तथा महिला मोडलको अवार्ड पानीको फोका...गीतको भिडियोबाट सिम्पल खनालले प्राप्त गरिन् । यस्तै यही विधामा छायाँकारको अवार्ड बिदूर पान्डेले र सम्पादकको अवार्ड प्रकाश तुलाधरले जिते । उत्कृष्ट भिडियोको अवार्ड भने सहेन्द्रमान श्रेष्ठले प्राप्त गरे । यस्तै समारोहमा राष्ट्रिय गीत, लोक गीत तथा अन्य गीतका विविध विधामा पनि अवार्ड प्रदान गरियो । 
योङ माईन्ड इन्टरटेनमेन्ट अवार्ड समारोहमा पप तर्फ गायकको अवार्ड नविन के भट्टराईले र पप गीत गायिकाको अवार्ड आस्था राउतले जिते ।
 
 
यसैगरी लोक दोहोरी विधा तर्फ गायक, गायिका, भिडियो निर्देशक, मोडललगायतलाई अवार्ड प्रदान गरियो । उत्कृष्ट लोकदोहोरी गीत गायकको अवार्ड कुलेन्द्र विकले हाँस्न सिकायौ...बाट पाए । यस्तै लोकदोहोरी गायिकाको अवार्ड हजार जुनी जुनी...बाट टिका पुनले हाँसिल गरिन् । 
 
हजार जुनी जुनी...बाटै नव गायकको अवार्ड मौसम गुरुङले प्राप्त गरे । यस्तो लोक दोहोरी गीत म्युजिक भिडियो मोडल महिलाको अवार्ड तिम्रो फोटो हजार...बाट शिल्पा पोखरेलले र पुरुषको अवार्ड दीपेश थापाले प्राप्त गरे । यस्तै चलचित्र संगीतको अवार्ड चलचित्र विन्दासको बाटो मोडेर गयौ...गीतबाट अर्जुन पोखरेलले पाए । 
 
अवार्ड समारोहमा अग्रज गीतकार तथा गायक प्रेम प्रकाश मल्ललाई प्रदान गरियो । नेपाली संगीत क्षेत्रमा पाँच दशक भन्दा लामो समय देखि निरन्तर योगदान दिएको भन्दै उनलाई लाईफ टाईभ एचिभमेन्ट अवार्ड प्रदान गरिएको आयोजक पक्षले जनाए । विकाश सुवेदी र मधु नेपालले सो कार्यक्रम सञ्चलन गरेका थिए ।