Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अव्यवस्थित म्यानेजमेन्टमा धरान महोत्सव

अर्पण ढकाल, धरान, 2013/06/01

चलचित्र विकाश बोर्डको बार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको राष्ट्रिय चलचित्र महोत्सबको आज धरानमा उद्घाटन गरिएको छ । ११ बजे कलाकार सहितको झाँकि सहित अगाडी बढेको र्‍याली धरानको चतरा लाइन, छाता चोक, पुतली लाइन हुँदै कार्यक्रम स्थान डिपोट स्कुलको मैदानमा पुगेको थियो । र्‍यालीमा महोत्सबमा भाग लिन आएका नायिकाहरुको उपस्थती थिएन भने मदनकृष्ण श्रेष्ठ, हरिवंस आचार्य, जीवन लुइटेल, राजबल्लव कोइराला लगायतका कलाकारहरुलाई रिक्सामा राखेर नगर परिक्रमा गराईएको थियो 

 

दिउँसो २ बजे सुरु भएको औपचारिक कार्यक्रमको उद्घाटन मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको समयला ध्यानमा राखेर स्वागत मन्तब्यको कार्यक्रम छोटो मात्रै राखिएको थियो । औपचारिक कार्यक्रमको संचालन निर्देशक एवं संचारकर्मी दिनेश डिसीले गरेका थिए जहाँ धरानमा जन्मेर फिल्म क्षेत्रला योगदान गरेका विभिन्न निर्देशक निर्माताला सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा निर्देशक दिपक श्रेष्ठ, सुरज सुब्बा 'नाल्बो ', निर्माता छबि ओझा, शारदा शाक्य, कलाकार प्रेम सुब्बा रहेका छन् 

 

 

त्यस्तै भर्खरै सगरमाथा आरोहण गरेका कलाकार निशा अधिकारी र अर्जुन कार्कीलाई बोर्डले सम्मान समेत गरेको थियो । महोत्सबको अवसर परेर दिनेश डीसीले निर्देशक समाजको आयोजना अवार्ड कार्यक्रम समेत गर्ने घोषणा समेत गरे । महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन शिव श्रेष्ठ, भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, निशा अधिकारी, झरना थापा, स्वेता खड्का, अर्जुन कार्की, आकाश अधिकारी, राजबल्लभ कोईराला, यशराज गरच, गजित बिष्ट, मानब सुबेदी, सुरज प्रजापती, ऋचा सिंह, नीता ढुंगाना, अशिष्मा नकर्मी, शुष्मा कार्की, सुमिना घिमिरे, अनु शाह, निश्मा घिमिरे, शुष्मिता कार्की लगायतका कलाकारहरुका साथमा निर्देशक, निर्माता तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो 

 

 

सांस्कृतिक कार्यक्रममा भने काठमाडौँबाट आएका र धरानका स्थानीय कलाकारले नृत्य प्रस्तुति राखेका थिए । सन्दीप क्षेत्रीको हाँस्यरस सहितको उद्घोषण सहित अगाडी बढेको कार्यक्रममा स्थानीय कलाकारले मौलिक संस्कृती झल्कने नृत्य प्रस्तुत गरेका थिए भने कलाकारहरु गजित बिष्ट, शंकर बिसी, सुमिना घिमिरे, नीता ढुंगाना, अशिष्मा नकर्मी, शुष्मा कार्की, अनु शाह, सुष्मिता कार्की लगायतले नेपाली फिल्मका पुराना सदाबाहर देखि अहिलेको चर्चित गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । 

 

 

कार्यक्रममा कोमल ओली, शिव परियार, अन्जु पन्त, रामा मण्डल लगायतका गायक गायिकाले गीत गएर उपस्थित दर्शकलाइ नचाएका थिए । गाएर उपस्थित दशकलाई मात्र हैन चर्चित कलाकारहरूलाई समेत स्टेजमा नचाएका थिए । विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता समेत कोमल ओलीको गीतमा नाचेका थिए ।

 

 

यता कार्यक्रम त सकियो तर म्यानेजमेन्ट गतिलो नहुँदा उपस्थित फिल्मकर्मी उत्साहित देखिएनन् । नाम नखुलाउने सर्तमा एक जना कलाकारले भने- 'यस्तो झुर म्यानेजमेण्ट अहिलेसम्म देखेको थिईन् ।' कलाकारलाई खाने बस्ने देखि कार्यक्रमको पूर्ण प्याकेजनै राम्रो नभएको सञ्चारकर्मीहरूले बताएका छन् ।