
कानुन विपरित समाजमा हुने अपराधका घटनाहरूलाई मुख्य बिषय बनाएर निर्माण गरिएको फिल्म 'लूट कम्पनी' भाद्र महिनामा रिलिज गरिने बताईएको छ । फिल्मका निर्देशक सुरज चन्दले फिल्मको हाल राजधानीमा पोष्टप्रोडक्सनको काम भईरहेको फिल्मीखबरलाई बताए ।

महानायक राजेश हमालको बेफुर्सदिका कारण एक गितको सुटिङ गर्न महिनौ कुरेका निर्देशक रोशन हमालले आईतबार बल्ल आफ्नो फिल्मको पूर्ण छायाकंन सकेका छन् ।

बिगत केहि बर्ष देखि नेपाली फिल्मको कलर करेक्सन गर्दै आएका सुदिप श्रेष्ठ र सहायक निर्देशक भई काम गर्दै आएका साजन श्रेष्ठले स्वयम्भु स्थित सानो भर्याङ्मा कलर करेक्सन स्टुडियो स्थापना गरेका छन् ।

नरेश पौडेलले निर्देशन गर्ने लभस्टोरी फिल्म स्वीट ड्रिम्सका लागि प्रियंका र आर्यन फाईनल भएका छन् । श्रावण महिना देखि फ्लोरमा जाने सो फिल्मलाई नरेशको होम प्रोडक्सन कम्पनी अमृता आर्टसले निर्माण गर्न लागेको हो । जसको बजेट ५० लाख छुट्टयाईएको छ ।

केहि दिन अगाडी मात्र सुटिङ सकिएको फिल्म 'मायाज बार' मा महानायक राजेश हमाल खलपात्रको रूपमा प्रस्तुत भएको जानकारी कतिले थाहा पाउनु भयो होला त कतिले पाउनु भएको छैन । तर महानायकले सो फिल्म खेल्न नमानेको भए त्यसको विकल्प को हुन्थ्यो होलाको अनुमान जो कोहीले सक्दैन थिए होला ।

नेपाली फिल्मको बाटो कता तिर गईरहेको छ भनेर अब अनुमान लगाउन गार्हो नपर्ला । पछिल्लो समयमा बनेका सेक्सुअल फिल्मले नेपाली फिल्म र समाजलाई सहि दिशा तर्फ भन्ने कुराको अहिले बहसको बिषय पनि बनेको छ ।