Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

लागू पदार्थ सेवन बिरूद्ध `कर्कश` टिम

फिल्मीखबर, काठमाण्डौ, 2013/05/31

जेठ ३१ गते रिलिज हुन लागेको फिल्म 'कर्कश'ले लागू पदार्थको बिषयलाई कथानक बनाएको छ । 'विश्व सुर्तिजन्य पदार्थ निषेध' दिवसको अवसर पारेर यहि फिल्म युनिटले सामाजिक जिम्वेवारी स्वरूप स्कुल तथा कलेजहरूमा लागू पदार्थ तथा धुम्रपान सेवन विरूद्धको जनचेतना अभियान शुरू गरेको छ ।

 

यो अभियानको शुरूवातमा फिल्मका कलाकार तथा प्राबिधिकको टोली राजधानीको सिनामंगल स्थित व्रिज वाटर कलेजमा पुगि लागू पदार्थ तथा धुम्रपान सेवन नगर्न अनुरोध गरे । 'हामीले फिल्ममा लागू पदार्थले ल्याउन सक्ने नकारात्मक पक्षहरूलाई समेटेका छौं,' निर्देशक आशिफ शाहले भने- 'लागू पदार्थ तथा धुम्रपान सेवन विरूद्धको जनचेतना जगाउनु हाम्रो उत्तरदायित्व पनि हो । हामीले आउँदो पुस्तालाई लागू पदार्थबाट टाढै रहन सन्देश प्रवाह गर्नुपर्छ ।'

 

यस्तै कर्कशबाट हिरोमा डेब्यू गरेका चर्चित भिजे सुरज सिंह ठकुरीले पनि कलेजमा पुगेर बिधार्थीहरूलाई धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्नु स्वास्थका लागि हानिकारक हुने बताए । यस्तै उनले कर्कश फिल्म हेरिदिन पनि आग्रह गरे । अर्का अभिनेता रेमनदाश श्रेष्ठले पनि धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्न नहुने संदेश दिए । ट्रान्सफरमेसन नेपालसँगको सहकार्यमा शुरू गरिएको यो अभियान फिल्म रिलिजका दिनसम्म जारी रहने निर्माता असिम शाहले बताए ।