Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मध्यरातमा धरान पुग्दा फिल्मकर्मीलाई समस्या

श्यामसुन्दर गिरी, धरान, 2013/06/01
धरानमा आजबाट हुन लागेको 'चलचित्र महोत्सव २०७०'मा सहभागी हुन फिल्मीकर्मी तथा संचारकर्मीको १०० जनाको जम्बो टोली हिजो मध्यराती सुन्दर नगरी धरान आईपुगेको छ । मध्यरातमा धरान पुग्दा बस्ने व्यस्थामा केहि समस्या आएपछि टोली केहि बेर अलमलमा भने परेको थियो । होटलका कर्मचारी स्ट्यान्डबाई नहुँदा मध्यरातमा फिल्मकर्मी केहिबेर होटल प्राङ्गणमा नै बस्नु परेको थियो ।
 
 
चलचित्र बिकास बोर्ड अध्यक्ष धर्मेन्द्र मैरबैता 'पप्पु ' र सञ्चारकर्मी प्रकाश सुवेदीको नेतृत्वमा कलाकारहरू राजबल्लभ कोईराला, यशराज गरच, मानब सुबेदी, सुरज प्रजापती, नीता ढुंगाना, अशिष्मा नकर्मी, शुष्मा कार्की, सुमिना घिमिरे, अनु शाह, निश्मा घिमिरे, गायिका अन्जु पन्त लगायतको टोली अहिले धरानमा छ । आज अन्य ३५ जना चर्चित अनुहारहरू मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, रेखा थापा, दिपाश्री निरौला, निशा अधिकारी, दिपकराज गिरी, भुवन केसी, जीवन लुईटेल, दिलिप रायमाझी, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी लगायत बिहान ८ बजे र १० बजेको फ्लाईटमा बिराटनगर एयरपोर्ट ल्यान्ड हुँदै छन् । 
 
 
 
यस भन्दा अगाडि सबै सहभागीलाई हवाइे मार्फत लैजाने तयारी गरे पनि बिभिन्न बिरोधका कारण रद्द गरिएकोले गर्दा बिशिष्ठ फिल्मकर्मीलाई मात्रा प्लेनको सुबिधा दिईएको विकास बोर्डले जनाएको छ । अन्य सहभागीले बिरोध गर्ने डरले बोर्डले प्लेनबाट जान लागेका केहि फिल्मकर्मी आफ्नै खर्चमा धरान पुग्न लागेको बोर्ड प्रशाशनको दाबी छ । तर करिब ३ लाख बराबरको हवाइे खर्च बिकास बोर्ड नै गरेको छ ।  
 
 
३ दिने महोत्सवमा बिकास बोर्डको १५ लाख र स्थानिय तहको १० लाख गरी कुल २५ लाख रुपैयाको बजेट हो । प्रभात फेरीबाट प्रारम्भ हुने सो महोत्सबमा स्थानिय सर्जकसँगको अन्र्तक्रिया, सम्मान तथा साँस्कृतिक कार्यक्रम पनि रहेको छ । महोत्सवमा थुप्रै कलाकारहरूले आ-आफ्नो आकर्षक प्रस्तुती पस्केर धरानलाई फिल्ममय बनाउने छन् । प्लेनबाट धरान आउन लागेका बिशिष्ठ फिल्मकर्मीहरू निर्धारित समयमा कार्यक्रम स्थलमा पुगे महोत्सवको उदघाटन बिहान ११ बजे तिर गर्ने बताईएको छ ।