Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महोत्सवमा फिल्म प्रोमोशन

अर्पण ढकाल, धरान, 2013/06/02

चलचित्र महोत्सवको सर्वत्र आलोचना भईरहे पनि केहि फिल्मको निर्माण युनिटले यसको उद्घाटन कार्यक्रमको फाइदा भने मज्जैले लुटे । उद्घाटन कार्यक्रममा सोचअनुरुपको दर्शक नआएपनि रिलिजको क्रममा रहेका केहि फिल्मले भने यो अवसरला क्यास गर्दै आफ्नो फिल्मको पब्लिसिटी गर्न भ्याए । 

 

रिलिजको क्रम रहेका फिल्महरु नेपथ्य, कर्कश, लभ फरेभर लगायतले महोत्सवला टार्गेट गर्दै फिल्मको प्रचार प्रसार समेत गरे । उनीहरुले कार्यक्रम स्थलमा फिल्मको ब्यानर राखेका थिए भने स्टिकर पनि दर्शकलाई बाँडेका थिए । नेपथ्यको तर्फबाट निर्देशक रामराजा दाहाल, कलाकार एवं संगीतकार मानव सुबेदीले फिल्मको टि-शर्ट लगाएर फिल्म बारे जानकारी गराए । त्यस्तै जेष्ठ ३१मा रिलिज हुन लागेको फिल्म कर्कशको प्रतिनिधित्व गर्दै सिनेम्याटोग्राफर सुशन प्रजापतिले समेत फिल्मको प्रोमोशन गरे ।

 

असार १४ मा रिलिज हुन लागेको फिल्म लभ फरेभरको टिमले समेत पुर्वमा प्रोमोनको दौडाहा गरेको थियो । अन्य केहि फिल्मका निर्माता निर्देशकले समेत आफ्नो फिल्मको जानकारी महोत्सव मार्फत दर्शकलाई गराएका थिए । समग्रमा महोत्सव असफल देखिएपनि केहि फिल्म निर्माण युनिट भने आफ्नो फिल्मको पब्लिसिटीमा सफल देखिए ।