Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सम्पादनलाई पूरा गर्दै `आधी बाटो`

फिल्मीखबर, काठमाण्डौ, 2013/06/04

हामी तीन भाई, भरोसा र हाँसि देउ एक फेर जस्ता फिल्म निर्माण गरेका लक्जम्बर्गका एनआरएन रमेश त्वायनाको लगानीमा बनेको फिल्म 'आधी बाटो'को सम्पादन करिब सकिएको छ ।

 

राजधानीको महाराजगंज स्थित रेड स्टुडियोमा फिल्मको सम्पादनलाई अन्तिम रूप दिंदै गरेको निर्देशक सबिर श्रेष्ठले जानकारी गराए । पोष्टको काम छिट्टै नै सकि युरोपबाट फिल्म रिलिज गर्ने तयारी गरेको समेत उनले बताए । केहि दिनमा नै रेखा थापाले निर्माण गर्न लागेको फिल्म 'काली'को निर्देशन गर्न बिरगंज प्रस्थान गर्न लागेका सबिरले यो बर्ष आधी बाटो र कालीलाई दर्शकमाझ ल्याउने बताए । 'अनलाईन फिल्मीखबर अवार्ड २०७०'को पपुलर निर्देशकको मनोनयनमा परेका सबिरका तीन फिल्म २०६९ सालमा रिलिज भएका थिए ।

 

यता एनआरएन प्रोड्युसर रमेश त्वयनाले परम्परागत मेकिङ भन्दा निकै माथि रहेर फिल्म 'आधी बाटो' बनाएको बताए । यश कुमार, सबिन श्रेष्ठ, जेनिशा केसी, रूवी राणा, अनु शाह लगायतले अभिनय गरेको यो फिल्मलाई नवराज थापाले खिचेका हुन् । फिल्ममा सुरेश अधिकारीको संगीत रहेको छ भने कथा जगदिश्वर थापाले लेखेका हुन् । किरण खरेलका चार गीत समावेश यो फिल्मको बजेट ५० लाख बताइएको छ ।