Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सुमिना फेरी विवादमा/ लभ फरेभरबाट बहिस्कृत

अर्पण ढकाल, धरान, 2013/06/02

बिभिन्न स्क्यान्डलले गर्दा बारमबार चर्चामा आइरहेकी नायिका सुमिना घिमिरे पुन: बिबादित र आलोचित बनेकी छिन् । असार १४बाट देशभर रिलिज हुन लागेको फिल्म 'लभ फरेभर'को प्रोमोसनमा साथ नदिएको भन्दै फिल्मका निर्माण टिमले सुमिनालाई  अब फिल्मको पब्लिसिटी लगायत सम्पूर्ण कार्यक्रमबाट बहिस्कारको घोषणा गरेको छ 

 

धरानमा चलचित्र महोत्सबसंगै फिल्मको पब्लिसिटी गर्न भनेर पुर्व आएपनि झुट कुरा बोलेर धोका दिए पछि यस्तो निर्णय गरेको निर्देशक शंकर आचार्यले दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराए  धरान आएपछि पुर्वको प्रोमोसनमा साथ दिने बताए पनि आज बिहान आफ्नी दिदी काठमाण्डौमा अस्वस्थ भएको र तुरून्त काठमाण्डौ जानपर्ने भनेर सुमिनाले जानकारी गराएको आचार्यले बताए । तर सुमिनाको दिदी साधना घिमिरेला फोन गर्दा आफु दुर्घटनामा नपरेको र कलेजमा अध्यन गर्दै गरेको बताए पछि सुमिनाले झुट बोलेको प्रमाणित भएको आचार्यले बताए 

 

महोत्सबमा आउँदा गाडीमा आएकी सुमिना आज बेलुकाको फ्लाइटमा काठमाडौँ फर्केकी थिन् । यसरी झुट बोलेर प्रोमोसनमा साथ नदिएको र पत्रकार धम्कि लगायतका बिषयमा समेत बिबादित बनेकोले फिल्मको अब हुने सम्पूर्ण पब्लिसिटी लगायतका कामबाट उनलाई हटाऊन बाध्य भएको शंकरले बताए । उता सुमिनासंग यो बिषयमा प्रतिक्रिया लिदा आफुले दिदीको बिषयमा केहि कुरा नगरेको बताईन् । नवल खड्काले निर्माण गर्न लागेको फिल्म 'भीमदत्त'को तयारी गर्नु पर्ने भएकोले आफु पब्लिसिटीमा जान नसकेको उनको भनाई छ । महोत्सबमा आउँदा धरानमा पब्लिसिटीमा साथ दिएको भन्दै निर्माण टोलिले फिल्म चलाउन सस्तो प्रचारबाजी गरेले फिल्मको पब्लिसिटीमा आफ्नै हिसाबल लाग्ने उनले बताईन् 

 

उता निर्देशक आचार्य भने आफुले उनलाई प्रोमोसनमा जानको लागि जानकारी दिएको एसएमएस आफुसंग सुरक्षित रहेको बताए । धरानको महोत्सब नै आलोचित बनिरहेको बेला यहि माहोलमा अर्को विवाद सृजना हुन गएको छ । यता नायक गजित बिष्ट, निर्देशक शंकर आचार्य र कलाकार माधव आचार्यले भने आज पुर्वको विभिन्न ठाउँमा फिल्मको प्रोमोसन गरेका छन् । उनीहरुले दमकमा प्रेस मिटको अलावा स्थानीय एफएम, टेलिभिजन पुगेर अन्तर्वार्ता समेत दिएका थिए