Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्टिट्यालेन्ट शुष्मा !

श्यामसुन्दर गिरी, चितवन, 2013/06/04
अभिनेत्री शुष्मा कार्कीले फिल्म बिन्दासमा दिएको ग्ल्यामर दृश्यको छाप दर्शकको मानसपटलमा अझ पनि ताजै हुन सक्छ । बिन्दासबाट दिन २ गुना रात ४ गुना हिट हुँदै नेपाली रजतपटमा जरो गाडेकी शुष्मा बाहिरी आवरणमा जस्तो देखिन्छिन् वास्तबिक जीवनमा उनी धेरै रमाइली खुल्ला र सकारात्मक सोचाइको छिन् ।
 
हालै मात्र प्रेम बिछोडमा परेको कारणले गर्दा पनि हुन सक्छ प्रेम सम्बन्धको अतितलाई भुल्न उनी हिजो आज निकै रमाइलो गर्दै छिन् । बिन्दास २ को सुटिङ चलिरहदा उनी राष्ट्रिय चलचित्र महोत्सव २०७० म सहभागी हुन धरान पुगिन् । शुष्माले अभिनयसँगै फिल्म क्षेत्रका पुराना देखी नयाँ कलाकार प्राय सबैको आकर्षक शैलीमा दुरुस्तै नक्कल गर्न सक्छिन् ।
 
सन्दर्भ दोश्रो राष्ट्रिय चलचित्र महोत्सव धरानको हो जहाँ लामो र दिक्दार लाग्दो यात्रालाई उनले सहज बनाईदिईन् । पर्दा भित्रको शुष्मा र बजारमा सुनिने शुष्माको प्रतिष्ठालाई मध्यनजर गर्ने हो भने उनी त्यती खुल्ला दिलकी होलिन् जस्तो पनि लाग्दैन तर त्यो यात्रालाई उनले कत्ती पनि खल्लो हुन दिईनन् । कताकता बच्चाको जस्तो व्यवहार लागेपनि चञ्चले बानी, डान्स र कलाकारहरुको क्यारिकेचरले सबैलाई पेट मिचीमिची हाँस्न वाध्य बनाउन सक्नु उनको क्षमता हो ।
 
गीत बज्नासाथ उठेर डान्स गर्ने, चञ्चले कुरा र सेक्सी हाउभाउले उनको जवानी निकै खुलेको स्पस्ट हुन्थ्यो । सबैलाई मनोरन्जन दिने चाहनाले उनले राजेश हमाल, करिष्मा मानन्धर, शम्भुजित बाँस्कोटा, रेखा थापा, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, सुमिना घिमिरे, चलचित्र बिकास बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु', सञ्चारकर्मी प्रकाश सुबेदी लगायत अहिलेको नबनायिकाहरुको पनि दुरुस्तै नक्क्ल गरिन् । नक्क्ल गर्न खप्पिस शुष्माले राजनैतीक दलका नेताहरुको भने कुनै क्यारिकेचर गरिनन् ।