
आर्मी ब्यारेक भित्रको केही सिन खिच्नका लागि दुई महिना कुरेर गोविन्द राईले पहिलो प्रोजेक्टको फ्लोरको काम सकेका छन् ।

गीतकार तथा गोपी कृष्ण टिभी फिल्मका स्टेशन म्यानेजर दयाराम पाण्डे मातृ शोकमा परेका छन् ।

चार वटा गीत अनि चार वटा फाईट अनि रोनाधोनालाई समेटेर फिल्म निर्माण गर्दै आएका निर्देशक प्रदीप श्रेष्ठले अब भने मेकिङ शैलीमा परिवर्तन ल्याउनु पर्ने बताएका छन् । अहिले आएका नयाँ फिल्म मेकरहरूको मेकिङ शैलीबाट केहि प्रभावित भएका प्रदीपले पुरानै ढर्रामा फिल्म निर्माण गर्ने परिपाटी त्यागेको बताए ।

रक्सी जति पुरानो भयो त्यति नै स्वादिलो र मात लाग्ने हुन्छ । यहि मान्यतालाई आत्मसाथ गर्दै विगत लामो समयदेखि सञ्चारमाध्यममा सक्रिय रंगपत्रकार प्रकाश सुवेदीले नयाँ बोतलमा पुरानो रक्सी हालेर बेच्ने जमर्को गर्दैछन् ।

रिलिज भएको एक सातामा फिल्म प्याकअप भईरहेको अवस्थामा गत फाल्गुन २५ गते रिलिज भएको फिल्म रिदम भने सफलताका साथ पाँचौ सातामा प्रवेश गरेको छ ।

नेपाली फिल्म ‘नेपथ्य’ले नयाँ वर्षमा नेपालीहरुलाई केहि नयाँ खालको उपहार दिने योजना बनाएको छ । देश विदेशमा भएका सम्पुर्ण नेपालीहरुले नेपथ्यको उपहार पाउने निर्माणपक्षले जनाएको छ ।

