यहि जेठ २४ गते 'सुपारी' नामक फिल्म रिलिज हुने भएको छ । प्रचारप्रसारमा सुस्त देखिएको यो फिल्मसँगै नेपथ्य र दृष्टिकोण पनि रिलिज हुनेछ । हेराकुमारी शाहीको निर्माणमा शिव घिमिरेले निर्देशन गरेको यो फिल्ममा गजित बिष्ट र झरना थापाको मुख्य भुमिका रहेको छ ।
फिल्म 'सुपारी' एउटा रिभेन्ज एक्सन फिल्म हो जहाँ मुख्य हतियार सुपारीलाई बनाईएको छ । भ्रष्टचारको विरुद्धमा आवाज उठाउने सच्चा प्रहरीको भुमिकामा देखिने नायक गजितले आफ्नो भुमिका निकै राम्रो भएको र दर्शकले रूचाउने दाबी समेत गरे । फिल्ममा रमेश शाही, सपना केसी, शरण डंगोल, विकेश शाही लगायतका कलाकारको पनि अभिनय छ ।
राजेन्द्र श्रेष्ठ र सूर्य किरणको संगीत रहेको सो फिल्मलाई महेन्द्र थापाले खिचेका हुन् भने करियोग्राफी कविराज गहतराजले गरेका छन् । फिल्मको कथा निर्देशक घिमिरेकै हो ।

