Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

२० दिनमा सकियो `मिस्टेक`

रेम बिक, पोखरा, 2013/06/05

सुटिङ शुरु भएको २० दिनमा नेपाली फिल्म मिस्टेकको टोलीले सुटिङ प्याकअप गरेको छ । सोमबार फिल्म युनिटले क्लोजिङ सट दिएर फिल्मको सुटिङलाई टुंगाएका थिए । निर्मल सेञ्चुरी, हर्षिका श्रेष्ठ र सुशान्त कार्की लिड रोल रहेको यो फिल्मलाई ऋषीराज आचार्यले निर्देशन गरेका हुन् ।

नेपाली फिल्म मिस्टेक काठमाण्डौ, पोखरा र पाल्पा वरपर छायाँकन गरिएको छ । यद्यपी पछिल्लो समय निकै कम मात्र फिल्मको सुटिङ हुँदै आएको सुन्दर नगरि पोखरामा भने यो टोली एक दिन पनि पुरा नबसी सुटिङको लागी पाल्पा तिर हानिएको थियो । २० दिनमा सुटिङ सकाएको फिल्मलाई तिहारको छेको पारेर दर्शकहरुका लागी प्रदर्शनमा ल्याईने निर्माणपक्षले जनाएको छ ।

त्रिकोणात्मक लभस्टोरी बेसमा बनेको यो फिल्मको लागत करिब ४५ लाख रुपैँया पुग्ने निर्देशक आचार्यले जानकारी दिए ।