Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पानी माथीको ओभानो `सेना` !

श्यामसुन्दर गिरी, चितवन, 2013/06/04
गत जेष्ठ १८ देखी २० सम्म सुन्दर नगरी धरानमा सम्पन्न दोस्रो 'राष्ट्रिय चलचित्र महोत्सव २०७०'को बारेमा हिजोआज आउने गरेको न्युजमा नेपाली सेनाको नाम जोडीएको भन्दै सैनिक मुख्यालय जंगी अड्डा भद्रकालीले घोर आपती जनाउदै आफ्ना कुनै पनि मातहतका सैनिकहरुले गल्ती नगरेको दाबी गरेको छ ।
 
देख्नेको आँखा फुटोस् सुन्नेको सही भने जस्तै भएको छ सैनिक मुख्यालयको कुरा सुन्दा किनकी सो मदिरा पार्टीमा फिल्मीखबर डट कम र अनलाइन खबरको प्रतिनिधी पनि सहभागी थिए । पत्रकार सुराकीको भरमा पञ्चकन्या रिसोर्ट पुगेका थिए । यस किसिमको अभिब्यक्ती भनेको सैनिक मुख्यालय जंगी अड्डाले पनि सैनिक हाकिमहरुलाई बचाउन कसरत गरेको स्पस्ट हुन्छ । 
 
सैनिक प्रवक्ता कुवेर थापाले मिडियाबाट सैनिकसँग सम्बन्धित घटना सार्वजनिक भएपछि इटहरी ब्यारेकमा परिस्थितीबारे सोधपुछ गरिएको बताए । 'छानविनमा जेष्ठ १८ गते शनिबार धरान पञ्चकन्या रिसोर्टको रात्रीभोजमा नाम लिइएका कर्णेल महेश शमशेर राणा दोषी नभएको पायौं,' उनले प्रस्ट परेका छन् । थापाले ती कर्णेल यतिबेला बिदा लिएर काठमाडौंमा रहेको दाबी गरे पनि तिनै कर्णेलले पार्टी दिएका हुन् भन्ने कुराको पुष्टि पार्टीमा सहभागीहरुसँग बुझ्दा स्पस्ट हुन्छ । सो पार्टीमा नायिकाहरु मात्र नभएर गायक गायिका र नायकहरुको पनि सहभागीता थियो ।
 
पार्टीमा महोत्सवका सह-सयोजक नै सैनिक हाकिमहरुलाई नायिकासँग परिचय गराउदै हिंडेका थिए भने पार्टीबाट पनि रोटेसनमा नायिकाहरुलाई होटल पुर्‍याउन गाडी पठाईएको थियो । नायिकाहरुलाई रात्री भोज दिएको खबर सार्वजनिक भएपछि सैनिक मुख्यालय जंगी अड्डाले छानविन अगाडि बढाएका हो । तर थापाका अनुसार सैनिक हाकिमहरुले कुनै गल्ती गरेका छैनन् रे ! मिडियाले तिलको दानोलाई पहाड बनाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् सैनिक हाकिमहरुले ।
 
अन्तत: सैनिक मुख्यालय जंगी अड्डाले यस्तो दाबी गरेपनि सेनाको रात्रीभोजमा पुगेका नायिका, महोत्सव आयोजक र सहभागिले राणासहितका सैनिक अधिकृत त्यहाँ रहेको बताएका छन् । यसर्थ यस्तो अभिब्यक्तीबाट प्रत्यक्षदर्शी र जंगी अड्डाका दाबीहरु बाझिएका छन् । कर्णेल महेश शमशेर राणासँग बिकास बोर्ड सदस्य तथा महोत्सव सह-संयोजक निलहरी काफ्लेको निकता रहेको गोप्य स्रोतबाट बुझिएको छ ।