Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो `लोफर`

फिल्मीखबर, काठमाण्डौ, 2013/06/04

अभिनेता दयाहाङ राईको तीन दिनको काम थाती राखेर निर्माता छबि ओझाले आफ्नो पछिल्लो फिल्म 'लोफर'को सुटिङ सकिएको जानकारी गराए । गत बैशाख २३ गतेका दिन गोदावरीबाट सुटिङ शुरू गरिएको यो फिल्मको आज मंगलबार प्याकअप गरीएको हो ।

 

 

'दयाले केहि तौल घटाउन पर्ने भएकाले बाँकी कामलाई केहि दिन पछि सारेर आज प्याकअप गरिएको हो,' छबिले भने । पूर्ण फर्मुला शैलीकै यो फिल्म असोज २५ गते फुलपातीका दिन रिलिज गर्ने छबिको भनाई छ । एक्सन, लभ, रोमान्स, कमेडी सहितको सुधारिएको मसलेदार फर्मुला फिल्म 'लोफर'लाई डेब्यू गर्दै आदित्य विक्रम लम्सालले निर्देशन गरेका छन् ।

 

आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल 'क्षेत्री', रजनी केसी लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा सोनाल सापकोटाले संगीत भरेका छन् । फिल्ममा मदन कास्यप घिमिरेको छायाँकन, चन्द्र पन्तको द्धन्दनिर्देशन तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।