
बैदेशिक रोजगारको र म्यानपावरले गरेको धन्दाको बिषयमा निर्माण गरिएको फिल्म 'धन्दा'लाई हङकङमा रिलिज गरिने भएको छ । गत पौष १३ गते नेपालमा रिलिज भएको यो फिल्मलाई हङकङमा टिजिआईएस प्रोडक्सनले रिलिज गर्न लागेको हो ।

श्रावण महिनामा सेन्सर बोर्ड थप आक्रोसित नहोला भन्न सकिने आधार छैन । कारण टपलेस फोटो चर्चासंगै किन किनको किस सिन पनि बाहिरिएको छ । भिजिलान्ते हिरो सुवास थापाले पहिलो पटक किस सिन दिएका छन् । तस्बिर हेर्दा निकै आक्रोसित मुडमा यो सिन खिचिएको छ ।

बिकास बोर्ड अध्यक्ष को बन्छ भन्ने लहरमा तानिएकी रेखा थापाले बोलेका कति कुरा सत्य होलान भनेर नयाँ बहस सुरु भएको छ । गत बुधबार बिहान आफूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेको भन्ने प्रतिक्रिया केही मिडियामा स्वयम उनले दिएपछि उनको बिषयमा यो बहस सुरु भएको हो ।

सातौं नेपाल अर्न्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सब आगामी बैशाख १२ देखि १५ गते सम्म काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने भएको छ । उक्त महोत्सब इन्डिजिनियस फिल्म अर्काईभ (आईफा)ले आयोजना गर्न लागेको हो ।

नेकपा एमाले समर्थित राष्ट्रिय जनसाँस्कृतिक महासंघ अर्न्तगतको एक घटक जनपक्षीय चलचित्रकर्मी मञ्चको अध्यक्ष पदमा सर्वसम्मतले बिजयी भएका केशव भट्टराईले सो पद छाड्न सक्ने संकेत देखाएका छन् ।

नेपाल सरकारका मुख्य सचिव लिलामणी पौड्यालले शनिबार पाचौं सातामा चलिरहेको फिल्म 'रिदम' हेरे । नेपाल चलचित्र संघको कार्यालयमा पुगेर उनले आफ्ना परिवारका साथ फिल्म हेरेका हुन् ।

