Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाण्डौमा आर्यन र पूजाको हनिमुन

फिल्मीखबर, काठमाण्डौ, 2013/06/08

नायक आर्यन सिग्देलले नवनायिका पूजा शर्मासँग हनिमुन मनाउने भएका छन् । रियल लाईफमा हनिमुन नमनाएका आर्यनले पूजासँग रिल लाईफमा हनिमुन मनाउन लागेका हुन् ।

 

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि आर्यन र पूजाको रोमान्टिक लभ स्टोरी रहने फिल्म 'मधुमास'को औपचारिक घोषणा गरियो । 'सिजन अफ लभ' भनिएको यो फिल्ममा आर्यन र पूजासँगै मनोज आरसी र सिवांगिनी राणाको पनि अभिनय हेर्न सकिनेछ । दिनेश न्यौपानेले तयार पारेको कथालाई सुदर्शन थापाले निर्देशकको माध्यमबाट उल्लेखित कलाकारहरूको प्रेमकथालाई पर्दामा उतार्नेछन् ।

 

फ्राईडे फिल्सको व्यानरमा बाबुराम दाहाल र निर्देशक थापाको संयुक्त लगानी रहने यो फिल्मको सुटिङ यहि जेठ महिनाको अन्त्यबाट शुरू गर्ने बताईएको छ । फिल्ममा सुरेश अधिकारीको संगीत, दीपक बज्राचार्यको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन रहनेछ । धन्दाबटा खासै मुनाफा कमाउन नसकेको फ्राईडे फिल्म्सले 'मधुमास'बाट भने राम्रै आश गरेको छ ।