सम्पूर्ण फिल्मकर्मी तथा सञ्चारकर्मी र दर्शकहरूको प्रतिक्षाको घडी करिब सकिएको छ । फिल्म क्षेत्रमा उत्वसको रूपमा मनाउन लागिएको मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड २०७०' आज दिउँसो राष्ट्रिय नाचघरमा भव्य समारोहका विच सम्पन्न हुँदैछ ।
दिउँसो साढे दुई बजेबाट एनटिभी प्लस सहित काठमाण्डौको रेडियो अडियो, पोखराको बिग एफएम, चितवनको कालिका एफएम, दमकको पाथिभारा एफएम, धरानको दन्तकाली एफएम, नेपालगञ्जको रेडियो हिमाल र कैलालीको रेडियो कैलालीले प्रत्यक्ष प्रसारण गर्ने यो अवार्ड समारोहमा ०६९ सालमा प्रदर्शन भएका फिल्महरू मध्ये उत्कृष्ट १३ बिधामा अवार्ड वितरण गरिंदैछ ।
अनलाइन फिल्मीखबर अवार्डले नेपाली फिल्ममा लामो समयसम्म गरेको योगदानलाई कदर गर्दै मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नेछ भने अवार्ड इतिहासमा पहिलो पटक एक्जिविटर अफ दि इयर अवार्ड पनि वितरण गरिनेछ । फिल्म क्षेत्रका बिशिष्ट व्यक्तिहरूको सहभागीता रहने यो समारोहमा नेपाली फिल्मका बिभिन्न कालखण्डका चर्चित गीतहरूमा कलाकारहरूको एक टोलीले आकर्षक नृत्य रहनेछ ।
नेपालको अग्रणी फिल्मी वेभ पत्रिका फिल्मीखबर डट कमको पाँचौ बार्षिकोत्सवको अवसर पारेर यो अवार्ड गर्न लागिएको हो । जीवन लुईटेल, प्रियंका कार्की, केकी अधिकारी, संयम पुरी, सलोन बस्नेत र नारायण कडरियाले सञ्चालन गर्ने मिन्स्क ओफामामा फिल्म क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्था, फिल्मकर्मी तथा सञ्चारकर्मीको उत्साहजनक सहभागिताका लागि फिल्मीखबर मिडिया विनम्र अनुरोध गर्दछ ।
अवार्डको नोमोनेशनमा परेका सम्पूर्ण फिल्मकर्मीलाई फिल्मीखबरको तर्फबाट शुभकामना !

