मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

`मिन्स्क ओफा`का आकर्षणहरू

फिल्मीखबर, काठमाण्डौ, 2013/06/06

नेपाली फिल्मी अनलाईन पत्रकारिताको अग्रणी वेभ पत्रिका फिल्मीखबर डट कमको प्रस्तुतीमा यहि जेठ २६ गतेका दिन राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका विच सम्पन्न हुन लागेको 'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड २०७०'को तयारी अन्तिम चरणमा पुगेको छ ।

 

मिन्स्क ओफा २०७०लाई सभ्य र भव्य रूपले सम्पन्न गर्न अन्तिम तयारीमा जुटेको अवार्ड कार्यक्रमका निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी गराए । 'फिल्म क्षेत्रमा क्रियाशिल बिभिन्न संघसंस्था र फिल्मकर्मीको उत्साहजनक साथ र सहभागिता गराई यसलाई उत्सवको रूपमा मनाईने छ,' पोखरेलले भने- 'यो अवार्डलाई सफल पार्न हामीले सम्पूर्ण फिल्म उधोग र सञ्चारमाध्यमलाई साथमा लिएर अगाडी बढेका छौं ।'

 

दिउँसो २:३० बजे नेपाल टेलिभिजन प्लसबाट प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रमको शुरूवातमा नेपाली फिल्मका बिभिन्न कालखण्डका चर्चित गीतहरूमा कलाकारहरूको एक टोलीले आकर्षक नृत्य रहनेछ । चर्चित करियोग्राफर कविराज गहतराजले उक्त गीतमा प्रियंका कार्की, गजित बिष्ट, यशराज गरच, बेनिशा हमाल, अशिष्मा नकर्मी, देबु श्रेष्ठ, सुरभी जैन बिष्ट लगायतको टोलीलाई कम्पोज गराईरहेका छन् । यस्तै गोबिन्द राईको करियोग्राफीमा प्रदर्शनको तयारीमा रहेको फिल्म प्रमिशको एक गीतमा बाबु बोगटी र अशिष्मा नकर्मीको आकर्षक नृत्य दर्शकले हेर्न पाउनेछन् ।

 

 

जीवन लुईटेल, प्रियंका कार्की, केकी अधिकारी, संयम पुरी, सलोन बस्नेत र नारायण कडरियाले सञ्चालन गर्ने मिन्स्क ओफामा गायिका आस्था राउतले ढुवानी फिल्मको गीत गाउने छिन् भने ०६९ सालमा निकै चर्चामा रहेको गाला रातै बोलको गीत प्रल्हाद तिमल्सिना र मिलन अमात्यले गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । यस्तै केहि साता अगाडी मात्र प्रदर्शनमा आएको फिल्म 'अन्तराल'की नायिका नम्रता सापकोटाले साल्सा डान्स गर्नेछिन् भने नायक जीवन लुईटेलको बिशेष प्रस्तुती रहनेछ । हाँस्यकलाकार ज्योती काफ्ले (नक्कली बाबुराम) र बिपना बस्नेत (नक्कली हिसिला यामी)ले पनि आकर्षक प्रहसन पस्कने छन् ।
 

नेपाली कलाकारिता क्षेत्रमा लामो समयसम्म गरेको योगदानलाई कदर गर्दै मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको यो अवार्ड समारोहमा उल्लेखित आकर्षण बाहेक राजेश हमाल, भुवन केसी, शिब श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला लगायतका चर्चित कलाकारहरूको तर्फबाट पनि केहि थप सर्प्राईज आकर्षक प्रस्तुती रहने छ । 'कार्यक्रमलाई आकर्षक बनाउन हामीले कुनै कम्प्रमाईज गरेका छैनौं,' आयोजक संस्थाका अध्यक्ष सुमन गैरेले बताए ।

 

वर्ष २०६९ साल भरिका फिल्महरु मध्ये १३ बिधामा पपुलर अवार्ड वितरण गरिन लागिएको यो अवार्ड समारोहको एनटिभी प्लस सहित काठमाण्डौबाट रेडियो अडियो, पोखराबाट बिग एफएम, चितवनबाट कालिका एफएम, दमकबाट पाथिभारा एफएम, धरानबाट दन्तकाली एफएम, नेपालगञ्जबाट रेडियो हिमाल र कैलालीको रेडियो कैलालीले प्रत्यक्ष प्रसारण गर्नेछ ।