मिस यू पश्चात स्ट्रङ रोलमा नदेखिएकी नायिका नम्रता श्रेष्ठले अभिनय गरेको फिल्म 'मौन'को फस्टलुक रिलिज गरिएको छ । रोमान्टिक प्रेमकथामा बनेको यो फिल्मलाई नम्रतालाई अर्पण थापाले साथ दिएका छन् ।
नायक अर्पण थापाकै लेखन रहेको यो फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन् । यसअघि धन्दा नामक फिल्मको कथा लेखेर खासै सफलता पाउन नसकेका अर्पणले यो फिल्मबाट भने ठूलै आश राखेका छन् । कुशल अभिनेताको रूपमा चिनिएका अर्पणको अभिनयसँग लेखन करियरलाई 'मौन'ले कुन मोडमा पुर्याउँछ हेर्न बाँकि छ ।
नबिन गौली र निर्देशक भुषालले निर्माण गरेको यो फिल्ममा संजय लामाको छायाँकन, निमेश श्रेष्ठको सम्पादन तथा सुगम पोखरेल र स्वप्निल शर्माको संगीत रहेको छ । पोष्टप्रोडक्सनमा नै रहेको यो फिल्मको रिलिज डेट तय गरिएको छैन ।

