Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रहस्यको खोल आढ्दै प्रियंका

उत्सव रसाईली, काठमाण्डौ, 2013/06/10

मानव जीवनको बाहिरी तथा भित्री आवरणको रहस्यलाई लिएर इयर क्रिउ प्रोडक्सनले फिल्म निर्माणको घोषणा गरेको छ । तर मानव जीवनको कस्तो रहस्य ? निर्माण युनिटले यसबारे रहस्यमै राखेको छ ।

 

आवरण नामाकरण गरिएको यस फिल्मलाई अपवाद डेव्युड सुवास कोइरालाले निर्देशन गर्नेछन् भने लिड रोलमा नायिका प्रियंका कार्की प्रस्तुत हुनेछिन् । अनामनगरस्थित मण्डला नाटक घरमा फिल्मबारे बोल्दै निर्देशक कोइरालाले भने- 'अपवाद पछि कस्तो प्रोजेक्ट गर्ने भन्ने बारे धेरै नै प्रेसर थियो । टेक्निकल्ली र विषयवस्तुमा पनि आवरण उत्कृष्ट लागेकाले निर्देशनको जिम्मा लिएको हुँ ।'

 

प्रियंकाले भने स्टोरी उत्कृष्ट भएकाले आफु आवरणको लागी तयार भएको बताइन् । मिन्स्क अनलाईन फिल्मीखबर पपुलर अवार्डबाट डेव्युड एक्ट्रेसबाट सम्मानीत भएकी सुन्तलीले भनिन्- 'यो फिल्ममा मैले वास्तवीक जीवनको भन्दा भिन्न क्यारेक्टर प्ले गर्नु पर्नेछ जुन मेरो लागी धेरै नै च्यालेञ्जिङ हुनेछ । तर, म राम्रो गर्ने शत प्रतिशत कोशिस गर्नेछु ।' प्रियंकाको लिड रोल रहेको सुन्तली फिल्म पहिलो चरणको सुटिङ सकेर अहिले रेष्टमा छ ।

 


त्यस्तै आवरणका अर्का कलाकार निर्देशक नरेश पौड्यालले भने आफ्नो क्यारेक्टर बारे रहस्य नै राख्न चाहे । अनिल योञ्जन, लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुक्त लगानी रहेको आवरणको यही मंगलबारबाट सुटिङ प्रारम्भ गरिने निर्देशक कोइरालाले जानकारी गराए । असी प्रतिशत काठमाण्डौ र बाँकी नगरकोट र पोखरामा सुटिङ स्थल तोकिएको आवरणलाई तीस दिनमा प्याकअप गर्ने लक्ष्य छ ।

 

 

हरी हुमागाइँ सिनेम्याटोग्राफर रहने आवरणको स्क्रिप्ट अनिल योञ्जनको हो । म्यूजिक तथा शब्द भने गायक तथा नायक बाबु बोगटी, स्वप्नील शर्मा र कसम नेपालको छ । आवरणमा प्रियंका र निर्देशक पौड्यालसँगै दिव्य देव, सुशिल राज पाण्डे, रवि गिरी, रश्मी भट्ट, एमएस अग्रज, सुनिता ठाकुर, सिमोनजंग मल्ल, अनुभव रेग्मी र आँचल अग्रज केसीको अभिनयलाई देख्न सकिनेछ ।