छवि ओझा बाहेक अन्य पुराना निर्माताले फिल्म निर्माणको आँट गरेका छैनन् । फिल्म हलमा रिलिज र उत्रनु बाहेक निर्मातालाई कुनै व्यापारिक राहत छैन । फिल्मको सुख्खाराम व्यापारले हल बन्द हुने क्रम बढ्दै छ । यही निराशको अवस्थामा राजेश हमालले भने सिने क्षेत्रको सुधारवादी बजारप्रती आफु आशावादी रहेको बताएका छन् । आफु अभिनित एक फिल्मको फस्ट लुक सार्वजनिक कार्यक्रममा पुगेका महानायकले उक्त आशा व्यक्त गरेका हुन् ।
पछिल्ला केही वर्ष यता आफु अभिनित फिल्मले समेत कमाल देखाउन सकिनरहेको फिल्म बजार बारे हमालले भने- 'कुनै समयमा नेपाली फिल्मको बजार सुध्रिनेछ । हमालले हेर्ने दर्शक छैनन् भन्नेमा असहमती जनाए, दर्शक नभएका होइनन् । तर फिल्म राम्रो बन्नु पर्यो । नेपाली फिल्ममा समावेश हुने विषयवस्तु र धारको बहस भैरहंदा महानायक हमालले भने नेपाली समाजको झलक दिने फिल्म निर्माण हुनुपर्नेमा जोड दिए । फिल्म आफ्नै ढाँचा र सन्देश मुलक हुन जरुरी छ । महानायकले आफ्नो भनाइलाई बिट मार्दै भने- 'अहिले फिल्म चलेन भनेर आत्तिनु पर्दैन । फिल्म सफल भएर खुसी हुने दिन अवश्य आउँनेछ ।'

