Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

हमालको जन्मदिनमा जीवनको कविता (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/06/10

आईतवार राजधानीमा सम्पन्न 'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड २०७०'मा नायक जीवन लुईटेलले अभिनेता राजेश हमालको जन्मदिनको अवसर पारेर एउटा कविता वाचन गरे ।

 

राजेशले अहिलेसम्म अभिनय गरेका पपुलर फिल्मका नामबाट जीवनले कविता कोरेका हुन् । राजेशकै हातबाट ओफाको पपुलर अवार्ड ग्रहण गर्नुपूर्व जीवनले राजेशको पाउ छोएका थिए जसको प्रशंशा निकै गरिएको थियो । जुनियर कलाकारले सिनियर कलाकारको सम्मान गर्दा उपस्थित अथिती तथा दर्शकको जीवन प्रति हेर्ने नजर फरक बनेको थियो ।

 

राजेशको जन्मदिन पारेर कविता तयार गरि ओफामा प्रस्तुत गरेपनि हमालले भने सुन्न पाएनन् । बर्थ डे कार्यक्रम अन्य स्थानमा पनि भएकाले जीवनले कविता भन्ने बेला राजेश कार्यक्रम स्थलबाट निस्किसकेका थिए । तर पछि जीवनले कविता भनेको थाहा पाएपश्चात फिल्मीखबरलाई हमालले कार्यक्रम मिस गरेको प्रतिक्रिया दिए ।

 

 

जीवनले राजेशको जन्मदिनमा तयार पारि ओफामा वाचन गरेको कविता सुन्नुहोस्-

 

 

भिडियो : डिसी नेपाल