Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डेढ मिनेटमा सुरजको `प्रमिश`

फिल्मीखबर, काठमाण्डौ, 2013/06/10

मिन्स्क अनलाईन फिल्मीखबर अवार्डमा पपुलर निर्देशकको अवार्ड उचालेका निर्देशक सुरज सुब्बा 'नाल्बो'ले भाद्र महिनामा रिलिज गर्ने योजनाका साथ नयाँ फिल्म 'माई प्रमिश'को प्रोमो रिलिज गरेका छन् ।

 

रिभेन्ज ड्रामा शैली अर्न्तगत रहेर निर्माण गरिएको लभस्टोरी फिल्म 'माई प्रमिश'मा केकी अधिकारी मुख्य भुमिकामा छिन् । दलालको फन्दामा परेर सिंगापुर पुर्‍याइएकी एक युवतीको कथालाई बुनिएको फिल्म 'माई प्रमिश'मा केकीको साथमा विल्सन विक्रम राई, अनुराग मान सिहं कुवँर, आकाश खवास, मार्टिन खान तथा सिंगापुरे दुई पुलिस नर लिम्बु र रमेश राईले पनि प्रमुख भूमिका निर्वाह गरेका छन् । २३ दिन सिंगापुरमा र १५ दिन नेपालमा सुटिङ गरिएको यो फिल्मलाई टिएनआरजी प्रोडक्सनले निर्माण गरेको हो ।

 

बनिश शाहले सम्पादन गरेको यो फिल्ममा महेश खड्काको संगीत, सुरज सुब्बाकै लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, संजय लामाको छायाँकन तथा गोबिन्द राईको करियोग्राफी रहेको छ । फिल्मका निर्माता टंक लिम्बू हुन् ।