Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्दी बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/06/11

समाजमा प्रहरी प्रशासनको भुमिका कस्तो हुनुपर्छ ? भन्ने विषयलाई मेन प्लट बनाएर कुमार आचार्यले बर्दी नामक फिल्म निर्माण गर्ने भएका छन् । विजयविक्रम वस्नेतको निर्देशन रहने यस फिल्मको आज (मंगलबार) अनामनगरस्थित गुञ्जन रेकर्डिङ स्टुडियोमा गीत रेकर्डिङ गरिएको छ ।

 

सागर भन्दा गहिरो बोलको गीतमा राजेश पायल राई र माण्डवी त्रिपाटीले स्वर दिएका छन् । फिल्मको संगीत भने विकास चौधरीको छ । असारको पहिलो साताबाट फ्लोर ज्वाईन गर्ने बर्दीमा नव अनुहार विरेन श्रेष्ठ बाहेक अन्य कलाकारहरु भने फाइनल भैसकेका छैनन् । बर्दीको छायाँकन हेटौडा, सर्लाही र तराईका विभिन्न स्थानहरुमा हुनेछ । निर्माता आचार्यले छायाँकन तालिका एक महिनाको बनाएका छन् । उनले बर्दीको बजेट ३० लाखसम्म रहने बताए ।



सानु कुमार श्रेष्ठको द्धन्द्ध, गणेश कुमार श्रेष्ठको छायाँकन रहने बर्दीमा अजय स्याङ्तानको नृत्य निर्देशन रहनेछ । सञ्चारकर्मी समेत रहेका कुमार आचार्यले यस अघि अमेरिकामा रहेका सरोज खनाललाई लिएर मानव नामक फिल्म निर्माण गरेका थिए । यद्धपी मानव व्यापारिक रुपमा असफल रह्यो । सानो बजेटमा दोस्रो फिल्म बर्दी निर्माणमा जुटेका निर्माता आचार्यले राहत पाउलान् ?