Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 193 - 198 of 24136
फिल्मीखबर, काठमाडौं, 2026-07-25, शनिवार

साउथ सुपरस्टार जूनियर एनटीआर विश्वमै परिचित नाम बनिसकेका छन् । विशेषगरी सन् २०२२ मा रिलिज भएको ब्लकबस्टर फिल्म ‘आरआरआर’ले उनको लोकप्रियता थप उचाइमा पुर्‍यायो । फिल्म ‘वार २’बाट बलिउडमा समेत डेब्यू गरिसकेका उनले ‘अरविन्द समेथा’, ‘टेम्पर’, ‘जनता ग्यारेज’, ‘साम्बा’ र ‘आधी’ जस्ता थुप्रै सफल फिल्म दिइसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2026-07-24, शुक्रवार

आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बा : एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टको यट्युब च्यानलबाट सार्वजनिक टिजरले फिल्मको कथावस्तु प्रस्ट पार्ने प्रयास गरेको छ । एक बाबुले आफ्नो परिवार जोगाउन गरेको संघर्षको मर्मस्पर्शी चित्रण टिजरमा छ ।

फिल्मीखबर, काठमाडौं, 2026-07-24, शुक्रवार

तीजको छेको पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच दर्शकमाझ ल्याइएको यस गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर सुन्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2026-07-24, शुक्रवार

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘हली’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले झन्डै तीन मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याएको हो । ट्रेलरले छाउपडी प्रथाका कारण महिलाहरूले भोग्नुपर्ने समस्यालाई केन्द्रमा राख्दै बाबु-छोरीको सम्बन्धको कथा पेस गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-07-24, शुक्रवार

तमिल सुपरस्टार थलपति विजय अभिनीत फिल्म ‘जन नायगन’ले रिलिजसँगै बक्स अफिसमा धमाका मच्चाएको छ । तमिलनाडुको मुख्यमन्त्री बनेपछि विजयको यो पहिलो फिल्म हो भने उनको अभिनय करिअरको अन्तिम फिल्म पनि हो । यसैले फिल्मप्रति दर्शकमा ठूलो उत्साह देखिएको थियो । त्यसको प्रत्यक्ष प्रभाव पहिलो दिनको बक्स अफिस कमाइमा परेको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-07-24, शुक्रवार

अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘गौँथली’को पहिलो साता उत्साहजनक रह्यो । ओपनिङ दयनीय भए पनि दर्शकीय प्रतिक्रियाका कारण दोस्रो दिनबाट फिल्मले व्यापारिक गति समातेको थियो । मंगलबार र बुधबार ‘हाफ टिकट डे’मा देशव्यापी ९० प्रतिशत हाराहारी अकुपेन्सी हासिल गरेको फिल्मले त्यसयता पनि दर्शकको राम्रो साथ पाइरहेको छ । 

Results : 193 - 198 of 24136