मिति : २०८२ वैशाख १९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 181 - 186 of 22561
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २९, बिहिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘झरेको आँप’ भनेर दिएको अभिव्यक्तिको दृश्य राखेका कारण सेन्सर बोर्डमा ठूलै झमेला व्यहोरेको फिल्म ‘राजागंज’ अन्ततः केही दृश्य र संवाद काँटछाँटपछि बुधबार सेन्सर पास भयो । र, सोही साँझ काठमाडौंको बिग मुभिजमा फिल्मको प्रिमियर गरियो । राजनीतिज्ञदेखि फिल्मकर्मीसम्मको उल्लेख्य उपस्थिति रहेको प्रिमियरमा फिल्मले प्रशंसा बटुलेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २९, बिहिवार

होलीको अवसर पारेर बिहीबारबाट दुई फिल्म ‘आउट ल’ र ‘अञ्जिला’ प्रदर्शनमा आएका छन् । एकसाथ बक्स अफिस प्रतिस्पर्धामा उत्रिएका यी दुवै फिल्म विषय उठानको हिसाबले भने फरक छन् । ‘आउट ल’ पूर्ण एक्सनप्रधान फिल्म हो । यसमा कानुन तोड्ने पात्रको कथा छ । ‘अञ्जिला’ भने बायोपिक हो । यसैले दर्शकलाई आफ्नो रुचि अनुसार रोजीछानी फिल्म हेर्न पाउने सुविधा छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २९, बिहिवार

गायनबाट फिल्म अभिनयमा आएका अपवादले मात्र सफलता हासिल गरेका छन् । त्यसमा प्रकाश सपूत पनि पर्छन् । उनले डेब्यु फिल्म ‘परदेशी २’बाटै सफलताको स्वाद चाख्न पाए । दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले त इतिहास नै रचिदियो । लगातारको सफलतापछि यतिबेला उनलाई फिल्म अफरको ओइरो लागेको छ । र, उनले एकपछि अर्को फिल्ममा काम पनि गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २८, बुधवार

आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले केही दृश्य र शब्दमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति नदिएपछि बुधबार दिउँसो निर्माता पुनः सेन्सरका लागि पुगेका थिए । बोर्डले राखेका सबै सर्तहरु मान्न तयार भएपछि फिल्मले सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २८, बुधवार

आगामी चैत २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको गायक प्रकाश सपूत निर्देशित पहिलो फिल्म ‘वसन्त’को ‘साँझ पर्‍यो झमक्क’ गीत दर्शकमाझ लोकप्रिय बनिसकेको छ । गीतलाई दुई महिनामा युट्युबमा मात्र ६५ लाख बढी भ्यूज मिलेको छ । उक्त गीतको सफलतापछि एक साताअघि फिल्मको दोस्रो गीतको रुपमा सार्वजनिक ‘बिना स्वादैको’ पनि लोकप्रिय बन्ने बाटोमा देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २८, बुधवार

पछिल्लो समय एकपछि अर्को फिल्मले सेन्सरमा झमेला व्यहोरिरहेका छन् । कहिले हिंसात्मक दृश्य धेरै भएको भन्दै बोर्डले कैंची चलाउँछ त कहिले ठाउँको नाममा फिल्म बनाएको भन्दै प्रदर्शन अनुमति दिन अस्वीकार गर्छ । जसले गर्दा सेन्सर निरंकुश बनेको आरोप लागिरहेको छ । कला र सिर्जनामाथि अंकुश लगाउन खोज्ने बोर्ड खारेज हुनुपर्ने माग पनि बेला बखतमा उठिरहेको हुन्छ ।

Results : 181 - 186 of 22561