Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 205 - 210 of 24137
फिल्मीखबर, काठमाडौं, 2026-07-21, मंगलवार

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच राजनराज सिवाकोटी र इन्दिरा जोशीको स्वरमा रहेको उक्त गीत दर्शकमाझ ल्याइएको हो । गीतमा निर्देशक बोहराको स्वयंको शब्द तथा गायक राजनराजको संगीत रहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-07-21, मंगलवार

अभिनेत्री गौमाया गुरुङ विवाह बन्धनमा बाँधिएकी छन् । उनले केही दिनअघि बेलायतमा प्रेमी दिवससँग विवाह गरेकी हुन् । गुरुङ संस्कार अनुसार भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो । गौमायाले मंगलबार सामाजिक सञ्जालमा विवाहका तस्वीरहरू सार्वजनिक गरेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2026-07-20, सोमवार

अभिनेता विजय बराल डेढ महिनापछि फिल्म छायांकनमा फर्किएका छन् । गत जेठमा फिल्म ‘सिन्दुरे जात्रा’को छायांकनको क्रममा घोडाबाट लड्दा उनको दाहिने हात भाँचिएको थियो । यसपछि फिल्मको पूर्ण रूपमा छायांकन रोकियो । अघिल्लो साता विजयले हातको ब्यान्डेज हटाएपछि फिल्मको छायांकन पुनः सुरु गरिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2026-07-20, सोमवार

संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन बिनाको धन २’मा कलाकारहरू भित्रिने क्रम अझै जारी छ । सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, प्रकाश घिमिरे र किरण केसी अनुबन्धित भइसकेको फिल्ममा अब अभिनेत्री गौरी मल्लको प्रवेश भएको छ । उनीसँग आइतबार निर्माण पक्षले लिखित सम्झौता गरेको हो । 

फिल्मीखबर, काठमाडौं, 2026-07-20, सोमवार

नेपालमा दक्षिण भारतीय फिल्मको प्रभाव बढ्दो छ । ‘बाहुबली’, ‘केजीएफ’, ‘पुष्पा’ जस्ता फिल्मले नेपालमा गरेको व्यापार त्यसकै प्रमाण हो । यसैले कुनै बेला बलिउड फिल्मदेखि भाग्ने गरेका नेपाली निर्माताहरूमा पछिल्लो समय साउथ फिल्मको डर बढेको छ । यसको ताजा उदाहरण हो, ‘टक्सिक’ । यो फिल्मका कारण यतिबेला नेपाली फिल्मको भागाभाग भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2026-07-19, आईतवार

२०८१ सालमा प्रदर्शन भएको एक्सन फिल्म ‘आउट ल’को निर्माण समूहले नयाँ फिल्म घोषणा गरेको छ । यो समूहले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच थिम पोस्टर सार्वजनिक गर्दै फिल्म ‘बम्पर चिठ्ठा’ निर्माण गर्ने जानकारी दिएको हो । फिल्मको निर्देशन बिक्की महर्जनले गर्नेछन् भने निर्माण अमित अग्रहरी र निशा गुइदेले गर्नेछन् ।

Results : 205 - 210 of 24137