मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 199 - 204 of 21195
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ४, आईतवार

गत फागुन ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’ले तेस्रो हप्तामा पनि हलमा आफ्नो पकड कायम राखेको छ । इनिसियल व्यापार अपेक्षाकृत नभए पनि पहिलो हप्ताको अन्त्यबाट व्यापारमा ‘वर्ड अफ माउथ’को प्रभाव देखिन थालेको थियो । दोस्रो हप्ता घरेलू बक्स अफिसमा राम्रो अंक जोडेको फिल्मलाई तेस्रो हप्ताको शनिबार पनि प्राप्त शोहरुमा दर्शक अकुपेन्सी सुखद् देखियो ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ४, आईतवार

अभिनेता पुष्प खड्काले करिब एक वर्षको अन्तरालपछि नयाँ फिल्म सम्झौता गरेका छन् । उनले शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्म ‘सिड्नी ब्लूज’मा काम गर्न लागेका हुन् । शुक्रबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । फिल्ममा उनको जोडी ‘महापुरुष’ फेम्ड अभिनेत्री अञ्जना बराइलीसँग बाँधिनेछ । उनी एक महिनाअघि नै फिल्ममा अनुबन्ध भएकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ४, आईतवार

नेपालमा फागुन २५ गतेदेखि प्रदर्शनरत फिल्म ‘रङ्गेली’ अब भारतमा रिलिज हुने भएको छ । युसुफ शेखले नेतृत्व गरेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले फिल्मलाई भारतमा प्रदर्शन गर्न लागेको हो । यसका लागि हिन्दी अनुवादको काम भैरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी गराए । भारतका एक सयभन्दा बढी सिनेमा हलमा फिल्म रिलिज हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र ३, शनिवार

अभिनेत्री दीपिका प्रसाईं आमा बन्दैछिन् । चिकित्सकले उनलाई आगामी बैशाख पहिलो साताको ‘डेलिभरी डेट’ दिएका छन् । चार वर्षअघि निर्देशक दीवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएकी उनले गत मंसिरमा फिल्म ‘मायावी’को छायांकन सकाएकी थिइन् । गर्भावस्थामै उनले यो फिल्मको छायांकन गरेकी हुन् । दीपिका र दीवाकर पहिलो सन्तानलाई स्वागत गर्न आतुर देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २, शुक्रवार

‘नेपाल–युरोपियन यूनियन फिल्म फेस्टिभल’को १३औं संस्करण यही चैत ७ गतेदेखि १० गतेसम्म आयोजना हुने भएको छ । शुक्रबार लाजिम्पाटस्थित ‘डेलिगेसन अफ द युरोपियन यूनियन टु नेपाल’को कार्यालयको कार्यालयमा पत्रकार सम्मेलनमार्फत् फेस्टिभलको बारेमा जानकारी गराइयो । युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभोनेटले नेपालसँग दौत्य सम्बन्ध स्थापनाको ५० वर्षको छेको भएकाले यसपटकको संस्करण महत्वपूर्ण हुने बताइन् ।

फिल्मीखबर, काठमाडौं, २०८० चैत्र २, शुक्रवार

घोषणाको ५ वर्षपछि निर्देशक ऋषिराज आचार्यले फिल्म ‘द्रौपदी’को छायांकन सुरु गरेका छन् । बिहीबार डोल्पा जिल्लाको दुनैको कालिका मन्दिरमा शुभमुहूर्त गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । महिलाप्रधान विषयमा बन्न लागेको फिल्ममा निर्देशक आचार्य स्वयंको कथा, पटकथा तथा संवाद छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गर्दै फिल्म निर्माण गरिने उनको भनाई छ ।

Results : 199 - 204 of 21195