Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 199 - 204 of 24136
फिल्मीखबर, काठमाडौं, 2026-07-24, शुक्रवार

अभिनेता नाजिर हुसेनले आफ्नो नामकै कारण दोस्रो पटक भारतीय विमानस्थलमा अनावश्यक सोधपुछमा परेको गुनासो गरेका छन् । उनले बिहीबार फेसबुकमा एक पोस्ट लेख्दै भारतमा आफू अभिनीत फिल्म ‘गुन्यो चोलो’को विशेष प्रदर्शनीमा सहभागी भएर नेपाल फर्किने क्रममा विमानस्थलका सुरक्षाकर्मीले आफूलाई छुट्टै कक्षमा लगेर सोधपुछ गरेको बताएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2026-07-22, बुधवार

नेपालीमा एउटा चर्चित उखान छ, ‘कहिले काहीँ नपत्याउने खोलाले पनि बगाउँछ ।’ अहिले फिल्म ‘गौँथली’को व्यापारले यही उखानलाई चरितार्थ गरिदिएको छ । प्रदर्शनपूर्व ‘चल्ला र ?’ भनेर आशंका गरिएको फिल्मले शनिबारयता निरन्तर व्यापार बढाइरहेको छ । बुधबारसम्म आइपुग्दा फिल्मले बक्स अफिसमा ठूलो सफलता हासिल गर्ने संकेत देखाइसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-07-21, मंगलवार

‘दान्भी’ निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । पूजा शर्मा र पुष्प खड्का अनुबन्धित भइसकेको यस फिल्ममा अब अभिनेत्री कविता नेपाली भित्रिएकी छन् । उनीसँग सोमबार निर्देशक तामाङले लिखित सम्झौता गरेका हुन् । सोमबार उनको जन्मदिन पनि परेको थियो । 

फिल्मीखबर, काठमाडौं, 2026-07-21, मंगलवार

अभिनेता नीर शाहको निर्देशकीय कमब्याक फिल्म ‘कमला मिस’को पहिलो गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक गरिएको छ । युग भुसालको शब्द तथा संगीत रहेको गीतमा रुबाई र सरोदी कुमारको स्वर सुन्न सकिन्छ । गीतले प्रेम र समर्पणको भाव अभिव्यक्त गरेको छ । एकअर्काप्रति आकर्षित हुँदै गएका दुई पात्रको मनोभावलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-07-21, मंगलवार

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच राजनराज सिवाकोटी र इन्दिरा जोशीको स्वरमा रहेको उक्त गीत दर्शकमाझ ल्याइएको हो । गीतमा निर्देशक बोहराको स्वयंको शब्द तथा गायक राजनराजको संगीत रहेको छ ।

Results : 199 - 204 of 24136