Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कंगाल करोडपति’को मुहूर्त, बाढीपीडितलाई ५१ हजार सहयोग

फिल्मीखबर, काठमाडौं, 2026/09/04

kangal karodpati (1)

 

राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘कंगाल करोडपति’को शुभ मुहूर्त गरिएको छ । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा विशेष पूजाआजा गर्दै निर्देशकदेखि कलाकारसम्मले फिल्म सफलताको कामना गरे । सो अवसरमा निर्माण पक्षले बाढीपीडितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेको छ ।

भदौ २९ गतेबाट छायांकन सुरु हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिंह, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडालगायतका कलाकारहरूको अभिनय रहनेछ । यही फिल्मबाट सलिना तामाङले अभिनेत्रीको रूपमा डेब्यू गर्दैछिन् । 

सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने फिल्ममा प्रवीण आचार्य प्रस्तुतकर्तामा छन् । अनिल कुमार बुढाथोकी निर्माता रहेको फिल्ममा अश्विन बराल, दिपेश तिरुवा र प्रविन राई सह-निर्माता तथा रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरमा छन् । फिल्मको कथा रामकृष्ण बजगाईंको हो भने पटकथा तथा संवाद चानस पुन मगरले तयार पारेका हुन् । 

सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको संगीत तथा प्रदीप लामाको नृत्य निर्देशन रहनेछ । मुख्य सहायक निर्देशकमा जीवन गौतम रहेका छन् । फिल्मले एउटा सामान्य मानिस करोडपति बन्दा र कंगाल हुँदाको अवस्थालाई प्रस्तुत गर्ने जनाइएको छ ।