Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ २’को तीज गीतमा केकी र आँचलको घम्साघम्सी

फिल्मीखबर, काठमाडौं, 2026/09/04

Keki Adhikari, Aanchal Sharma

 

संंविधान दिवसको अवसर पारेर असोज २ गते (१८ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को तीज ब्याटल गीत ‘धागो छिन्यो चर्खाको’ सार्वजनिक गरिएको छ । जेठानी−देउरानीबीचको घोचपेच र जुहारीलाई प्रस्तुत गरिएको यस गीतमा एलिना चौहान र रचना रिमालको स्वर रहेको छ । शब्द तथा संगीत बाबुल गिरीको हो । 

तीजको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री केकी अधिकारी र आँचल शर्माले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । फिल्ममा जेठानी र देउरानीको भूमिकामा रहेका उनीहरूबीचको घम्साघम्सी भिडियोमा देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतले यस वर्षको तीजमा छुट्टै माहोल बनाउने अपेक्षा गरिएको छ । 

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी र आँचलसहित महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । यो फिल्म २०७९ सालमा प्रदर्शन भएको ‘झिँगेदाउ’को सिक्वेल हो । 

सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।