मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 211 - 216 of 21195
फिल्मीखबर, काठमाडौं, २०८० चैत्र १, बिहिवार

‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को पाँचौं संस्करण यही चैत १६ गतेदेखि १८ गतेसम्म आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच महोत्सवमा ३७ देशका फिल्मले सहभागिता जनाउने जानकारी गराइयो । चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा हुने महोत्सवमा ६० वटा फिल्म प्रदर्शन गरिने आयोजक संस्था नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले बताए ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ३०, बुधवार

ग्याङ्गस्टर कथामा निर्माण भएको फिल्म ‘रङ्गेली’को नेपाल प्रतिक्रियापछि ओभरसिज बजारमा माग बढ्न थालेको छ । प्रदर्शनअघि नै अमेरिका, क्यानडा, जापान र कोरियामा बिक्री भइसकेको फिल्मको हालै मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा प्रदर्शन अधिकार बिक्री भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए । अरु देशबाट पनि फिल्मको माग आएको उनले बताए ।

एजेन्सी, काठमाडौं, २०८० फाल्गुन ३०, बुधवार

अघिल्लो वर्ष (२०२३)मा रिलिज भएको हलिउड फिल्म ‘ओपेनहाइमर’ले विश्व बजारमा नै अप्रत्यासित कमाई गर्‍यो । यसले विश्वभर ९६० मिलिडन डलर अर्थात् झण्डै नेपाली ८ हजार करोडको कमाई गरेको थियो । यतिबेला विश्वका एकसेएक प्रतिष्ठित फेस्टिभल तथा अवार्डमा महत्त्वपूर्ण विधामा अवार्ड जितिरहेको फिल्मले यही सोमबार भएको ओस्कार अवार्डमा पनि ७ वटा अवार्ड जित्यो ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ३०, बुधवार

विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले सञ्चालनमा ल्याएको ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’मा स्वतन्त्र फिल्ममेकरले बनाएका फिल्महरु रिलिज भइरहेका छन् । यो प्लेटफर्ममा ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’ लगायतका ‘इन्डिपेन्डेन्ट’ फिल्महरु उपलब्ध छन् । अब अर्को ‘इन्डी’ फिल्म ‘नेपाली फिक्सन’ रिलिज भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ३०, बुधवार

अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । अघिल्लो वर्षको मंसिर १२ गते लगनगाँठो कसेका उनीहरु आगामी बैशाखमा आमा-बुबा बन्दैछन् । चिकित्सकले बैशाख २७ गतेको डेलिभरी डेट दिएका छन् । गएको मंसिरमा पहिलो विवाह वर्षगाँठको दिन सलोन र करिश्माले आफूहरु अभिभावक बन्न लागेको जानकारी गराएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २९, मंगलवार
Results : 211 - 216 of 21195