Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कान्समा अवार्ड जितेको ‘एलिफेन्ट्स इन द फग’ हलमा

फिल्मीखबर, काठमाडौं, 2026/09/04

Elephant in the Fog

 

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको दोस्रो ठूलो पुरस्कार ‘जुरी प्राइज’ जित्न सफल नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले नेपालमा प्रदर्शन यात्रा सुरु गरेको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसरमा पारेर फिल्म प्रदर्शनमा आएको हो । फिल्मले देशव्यापी एक सयभन्दा बढी शो पाएको छ । 

कान्स फिल्म फेस्टिभलमा ८ मिनेट ‘स्ट्यान्डिङ ओभेसन’ पाएको फिल्मले बुधबार काठमाडौंमा आयोजित प्रिमियरमा पनि ५ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त गर्‍यो । प्रिमियरमा उपस्थित मनीषा कोइराला, करिश्मा मानन्धर, दीया मास्के, ऋचा शर्मा, केकी अधिकारी, गरिमा शर्मा, उषा रजक, नाजिर हुसेनलगायतका कलाकारहरूले फिल्मको कथावाचन शैलीको प्रशंसा गरेका छन् ।

कान्समा ‘एलिफेन्ट्स इन द फग’ हेरेपछि बलिउड निर्देशक तथा कलाकार अनुराग कश्यपले लेटरबक्सडीमा प्रतिक्रिया जनाउँदै यो फिल्ममार्फत नेपाली फिल्मले विशाल फड्को मारेको बताएका थिए । उनले भनेका थिए, ‘कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य यही हो । ‘एलिफेन्ट्स इन द फग’मार्फत नेपाली फिल्मले ठूलो फड्को मारेको छ ।’ 

अविनाश विक्रम शाहको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, गौरी मल्ल, माओत्से गुरुङ, महिमा नवबाग, आकांक्षा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको छ ।