
गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि कुटपिट गर्ने २ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । उनले बिर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयमा सोमबार निवेदन दिएका हुन् । निवेदनमा उनले आफूमाथि भएको कुटपिटको घटना एक महिना अगाडिको रहेको उल्लेख गरेका छन् । उनका अनुसार उनीहरूले एक हजार चोरेको भन्दै कुटपिट गरेका थिए ।

गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले १० दिनमा साढे ७ करोड नजिक व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । फिल्मको यो कमाइ हिजो आइतबार (१० साउन)सम्मको हो ।

यही साउन २२ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हली’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । शनिबार काठमाडौँको कमलपोखरीस्थित बिग भुमिजमा आयोजित विशेष प्रदर्शनीमा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरूले फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरे । फिल्मले समाजमा गहिरो सन्देश दिने अधिकांशको प्रतिक्रिया थियो ।

अभिनेत्री प्रियंका कार्कीको अभिनय तथा निर्माण रहेको फिल्म ‘मास्टर्नी’को टिजर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक १ मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । आफ्नी छोरीका लागि एउटी आमाले गरेको संघर्षलाई टिजरमा मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ । फिल्ममा प्रियंकाले आमाको भूमिकामा अभिनय गरेकी छन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको करिअर यतिबेला संकटग्रस्त अवस्थामा छ । विगत ८ वर्षदेखि उनले एउटा पनि हिट फिल्म पाएकी छैनन् । यो बीचमा उनको मुख्य भूमिका रहेका ७ वटा फिल्म फ्लप भइसकेका छन् । यसैले पछिल्लो समय फिल्ममा उनको माग घट्न थालेको देखिन्छ । गएको दुई वर्षमा उनी दुईवटा फिल्ममा मात्र अनुबन्धित हुनु त्यसकै संकेत हो ।

नेपाली फिल्मका लागि असार र साउन ‘अफसिजन’ मानिन्छ । यी दुई महिना लगातार पानी पर्ने भएकाले हलमा दर्शक आउँदैनन् भन्ने विश्वास नेपाली निर्माताहरूमा छ । यसैले असार र साउनमा ठूलो ‘स्टारकास्ट’ भएका फिल्म खासै रिलिज हुँदैनन् । प्रायः प्रचारप्रसारमा खर्च गर्न नसक्ने निर्माताहरूका फिल्म मात्र यी महिनामा बढी रिलिज हुने गरेको पाइन्छ ।

