
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘झरेको आँप’ भनेर दिएको अभिव्यक्तिको दृश्य राखेका कारण सेन्सर बोर्डमा ठूलै झमेला व्यहोरेको फिल्म ‘राजागंज’ अन्ततः केही दृश्य र संवाद काँटछाँटपछि बुधबार सेन्सर पास भयो । र, सोही साँझ काठमाडौंको बिग मुभिजमा फिल्मको प्रिमियर गरियो । राजनीतिज्ञदेखि फिल्मकर्मीसम्मको उल्लेख्य उपस्थिति रहेको प्रिमियरमा फिल्मले प्रशंसा बटुलेको छ ।

होलीको अवसर पारेर बिहीबारबाट दुई फिल्म ‘आउट ल’ र ‘अञ्जिला’ प्रदर्शनमा आएका छन् । एकसाथ बक्स अफिस प्रतिस्पर्धामा उत्रिएका यी दुवै फिल्म विषय उठानको हिसाबले भने फरक छन् । ‘आउट ल’ पूर्ण एक्सनप्रधान फिल्म हो । यसमा कानुन तोड्ने पात्रको कथा छ । ‘अञ्जिला’ भने बायोपिक हो । यसैले दर्शकलाई आफ्नो रुचि अनुसार रोजीछानी फिल्म हेर्न पाउने सुविधा छ ।

गायनबाट फिल्म अभिनयमा आएका अपवादले मात्र सफलता हासिल गरेका छन् । त्यसमा प्रकाश सपूत पनि पर्छन् । उनले डेब्यु फिल्म ‘परदेशी २’बाटै सफलताको स्वाद चाख्न पाए । दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले त इतिहास नै रचिदियो । लगातारको सफलतापछि यतिबेला उनलाई फिल्म अफरको ओइरो लागेको छ । र, उनले एकपछि अर्को फिल्ममा काम पनि गरिरहेका छन् ।

आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले केही दृश्य र शब्दमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति नदिएपछि बुधबार दिउँसो निर्माता पुनः सेन्सरका लागि पुगेका थिए । बोर्डले राखेका सबै सर्तहरु मान्न तयार भएपछि फिल्मले सबै उमेरका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ ।

आगामी चैत २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको गायक प्रकाश सपूत निर्देशित पहिलो फिल्म ‘वसन्त’को ‘साँझ पर्यो झमक्क’ गीत दर्शकमाझ लोकप्रिय बनिसकेको छ । गीतलाई दुई महिनामा युट्युबमा मात्र ६५ लाख बढी भ्यूज मिलेको छ । उक्त गीतको सफलतापछि एक साताअघि फिल्मको दोस्रो गीतको रुपमा सार्वजनिक ‘बिना स्वादैको’ पनि लोकप्रिय बन्ने बाटोमा देखिएको छ ।

पछिल्लो समय एकपछि अर्को फिल्मले सेन्सरमा झमेला व्यहोरिरहेका छन् । कहिले हिंसात्मक दृश्य धेरै भएको भन्दै बोर्डले कैंची चलाउँछ त कहिले ठाउँको नाममा फिल्म बनाएको भन्दै प्रदर्शन अनुमति दिन अस्वीकार गर्छ । जसले गर्दा सेन्सर निरंकुश बनेको आरोप लागिरहेको छ । कला र सिर्जनामाथि अंकुश लगाउन खोज्ने बोर्ड खारेज हुनुपर्ने माग पनि बेला बखतमा उठिरहेको हुन्छ ।