
‘एक्सन स्टार’को रूपमा परिचित निखिल उप्रेतीको निर्देशकीय कमब्याक फिल्म ‘आचार्य’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । इन्द्रजात्राको अवसर पारेर असोज ९ गते (२५ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक पोस्टरमा निखिल मात्र प्रस्तुत भएका छन् । पोस्टरमार्फत फिल्म एक्सनप्रधान रहेको संकेत दिन खोजिएको छ ।

फिल्म निर्माता सुशील पोखरेलले निर्देशनमा डेब्यू गर्ने भएका छन् । पछिल्लो पटक ‘परालको आगो’ बनाएका उनले फिल्म ‘प्रतिज्ञा’बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । बिहीबार उनले ‘एआई जेनेरेटेड’ (कृत्रिम बुद्धिमत्ता) पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् । पोस्टर हेर्दा फिल्म धार्मिक कथावस्तुमा बन्ने अनुमान लगाउन सकिन्छ ।

गत वैशाखमा प्रदर्शन भएको फिल्म ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ले लामो समय सामाजिक सञ्जाल कब्जा गर्यो । टिकटकमा मात्र गीतमाथि ५ लाखभन्दा बढी भिडियो बने । युट्युबमा भ्यूज ४ करोडभन्दा बढी छ । तर, यसपछि कुनै फिल्मका गीत दर्शकको रोजाइमा पर्न सकेका थिएनन् । यतिबेला भने फिल्म ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ गीत चर्चामा छ ।

१ साउनबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले यतिबेला बक्स अफिसमा विभिन्न रेकर्ड बनाइरहेको छ । यस वर्षको सर्वाधिक एकदिने कमाइदेखि १० दिनमा सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड ‘गौँथली’को नाममा बनिसकेको छ । अब फिल्मले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यो यस वर्ष १० करोडमाथि व्यापार गर्ने पहिलो फिल्म बनेको छ ।

लामो समयदेखि नेपाली फिल्ममा कार्यकारी निर्माता र मुख्य सहायक निर्देशकको रूपमा काम गर्दै आएका सौगात बस्नेतले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘पञ्चमी’ राखिएको छ । बुधबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।

अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ । बुधबार गुरु पुर्णिमाको अवसर पारेर निर्माण पक्षले २ मिनेट लामो टिजर दर्शकमाझ ल्याएको हो । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । दिदीभाइबीचको भावनात्मक सम्बन्धलाई टिजरमा मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ ।

