मिति : २०८२ वैशाख १९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 175 - 180 of 22561
एजेन्सी, काठमाडौं, २०८१ चैत्र २, शनिवार

‘मिस्टर परफेक्सनिस्ट’को पहिचान बनाएका बलिउड सुपरस्टार आमिर खानको वैवाहिक जीवन भने ‘परफेक्ट’ रहन सकेको छैन । उनको दुईपटक घरबार बिग्रिसकेको छ । पहिलो श्रीमती रीना दत्तसँग सम्बन्ध विच्छेदपछि उनले किरण रावसँग विवाह गरेका थिए । किरणसँग पनि विवाह बन्धनमा बाँधिएको १६ वर्षपछि उनले सन् २०२१ मा डिभोर्स गरे । दुई श्रीमतीबाट उनका ३ सन्तान छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १, शुक्रवार

नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लम्बाईको टिजरमा अभिनेता विपिन कार्की बढी हावी छन् । उनी एक्सन अवतारमा देखिएका छन् । उनको पात्रमा बदलाको भाव देखिन्छ । उनले काम गरेको यो पहिलो एक्सन फिल्म हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १, शुक्रवार

होलीको दिन पारेर बिहीबारदेखि प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘आउट ल : दफा २१९’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । पहिलो दिन फिल्मले देशभरका हलमा ४० प्रतिशतमाथि अकुपेन्सी हासिल गर्‍यो । काठमाडौंमा केही शो हाउसफुल समेत भए । ‘वर्ड अफ माउथ’ बलियो भएकाले आगामी दिनमा फिल्मको अकुपेन्सी दर बढ्दै जाने विश्वास निर्माण टिमको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १, शुक्रवार

नेपाली राष्ट्रिय महिला टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षमा आधारित फिल्म ‘अञ्जिला’लाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । बिहीबार (फागु पूर्णिमा)बाट प्रदर्शनमा आएको फिल्म हेरेर एन्जिलाको संघर्षको कथाले प्रायः दर्शक भावुक भएका छन् । त्यसो त, गत सोमबार काठमाडौंमा आयोजित प्रिमियरमा पनि भावविह्वल माहोल बनेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ चैत्र १, शुक्रवार

अघिल्लो वर्ष सबैभन्दा धेरै फिल्म प्रदर्शन हुने अभिनेताको कीर्तिमानी दयाहाङ राईको नाममा रह्यो । उनका ९ वटा फिल्म प्रदर्शन भएका थिए । दुईपटक त उनका आफ्नै फिल्मबीच भिडन्त भयो । यस वर्ष पनि गत वर्षकै संख्यामा उनका फिल्म प्रदर्शन हुँदैछन् । अर्थात् ९ वटा । यो साता रोचक संयोग चाहिँ के जुरेको छ भने उनका दुई फिल्म एक दिनको अन्तरमा प्रदर्शनमा आएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २९, बिहिवार

हिट फ्रेन्चाइज ‘होस्टेल’को तेस्रो श्रृंखलालाई पनि व्यापारिक सफलता मिल्ने सम्भावना देखिएको छ । कमजोर ओपनिङका बाबजुद पनि दोस्रो दिनबाट हलमा आफ्नो पकड कायम गरेको फिल्मले बक्स अफिसमा राम्रो अंक जोडेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार फिल्मले ६ दिनमा २ करोड २० लाख ग्रस कमाएको छ । यसबाट निर्माताले एक करोड पाउनेछन् ।

Results : 175 - 180 of 22561