
लुटले जति सफलता पाएको थियो त्यसपछि आएका सौगातका अन्य फिल्महरु धमाधम असफल हुँदै गएपछि पछिल्लो समय “हाकु कालेको पनि दिन गए” भन्ने गाँईगुई चल्न थालिसकेको छ ।

छैठौं अध्यक्ष चयनका लागि भोली हुने निर्देशक समाजको चुनावी माहोल पूर्ण रुपमा तातेको छ । अध्यक्ष पदका लागि कडा प्रतिष्पर्धा गर्दै नरेश पौडेल र दिनेश डिसीले उम्मेदवारी दिने निश्चित भएको छ भने चुनावी माहोलमा आफ्ना विपक्षीको भोट काट्न नवनिर्देशक सुवास कोईरलालाई उठाईने राजनीति पनि चलिरहेको छ । यध्यपी सुवास अध्यक्षमा उठ्छन् वा उठ्दैनन् त्यो भोलीकै दिनले तय गर्ने ।

युवापुस्ताले देख्ने विभिन्न खाले सपना र सपना पुरा गर्नका लागी गर्नुपर्ने विभिन्न खाले संघर्षलाई फिल्ममा कलात्मक पाराले उतारिएको यो फिल्मलाई सेन्सर बोर्डले आज नै युनिभर्सल सर्टिफिकेट दिएको छ ।

‘नेपथ्य मेरो करिअर संग जोडिएको फिल्म हो,’ फिल्मको प्रसंग उप्काउँदै आदित्यले भने–‘मैले निकै आशा गरेको छु ।’

‘अहिलेका युवापुस्ता अँध्यारोमा रुमल्लीराखेका छन् र उनीहरु उज्यालोमा आउन सकेको खण्डमा मात्र देश विकासको संभावना बलियो हुन्छ,’ फिल्मको बारेमा प्रस्ट्याउँदै निर्देशक गुरुङ भन्छन्–‘घातले यस्तै विषयलाई कथान्तर गरिरहेको छ ।’

इन्डिजिनियस फिल्म अर्काइभ (आईएफए)ले आयोजना गरेको अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवको सातौं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ । 'सञ्चारमा आदिवासीहरूको समान पहुँच र सहभागिता' लाई मूल सन्देश बनाएको चार दिने महोत्सव प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा चलिरहेको छ । महोत्सवको बिहिबार उदघाटन गरियो ।

