जुवाको लतमा लागेपछि कस्को घर उजाड नहोला र ? रातदिन क्यासिनो गई जुवाडे बनेका सुमन सिंहले आफ्नो घर उजाड भएको बताएका छन् । समय र परिवेशले ग्याम्बलर अर्थात जुवाडे बनेका सुमनले घर उजाडिएपछि यस्तो प्रस्तुत गीत गाएका हुन् ।
समाजले बनाएको ग्याम्बलरको भुमिका निर्वाह गरेका सुमन अभिनित फिल्म 'ग्याम्बलर' यहि भाद्र ७ गतेबाट प्रदर्शनमा आउनेछ । समाजको तितो यथार्थलाई बोल्ने यो फिल्मलाई यादव गुरूङको निर्माणमा रमेश बुढाथोकीले निर्देशन गरेका हुन् । सुमनलाई अनस्क्रिन साथ कल्पना शाहीले साथ दिएकी छिन् । यस्तै फिल्ममा राजेश हमाल, बिना बुढाथोकी, सोनिया केसी, दीपक क्षेत्री लगायतको अभिनय हेर्न सकिनेछ ।
शम्भुजित बाँस्कोटाको संगीतमा चारवटा गीत समावेश गरिएको प्रस्तुत सार्वजनिक गीतमा बिमल कोइरालाको शब्द तथा हेमन्त राना र मनिला सोताङको स्वर रहेको छ । करियोग्राफी भने कविराज गहतराजले गरेका हुन् भने छायाँकन रामशरण उप्रेतीको रहेको छ ।

