Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

बेलाको बोली

फिल्मीखबर, काठमाण्डौ, 2013/07/01

फिल्म रिलिज तथा विशेष भेटघाटको अवसर फिल्म सम्वद्ध व्यक्तित्वसँग फिल्मीखबरले गरेको कुराकानीको केही अंश :


म पारिवारिक रुपमा असफल :  छविराज ओझा, निर्माता
फिल्म निर्माणमा सफल मानिए पनि निर्माता छविराज ओझा पारिवारिक रुपमा भने असफल छन् । रेखा थापा सहित अन्य दुई श्रीमतीसँग वैवाहिक सम्बन्ध दिर्घायु हुन नसकेपछि निर्माता ओझाले फिल्म हमेशा रिलिजताका फिल्मीखबरसँगको अर्न्तवार्तामा भनेका थिए- 'म फिल्म मेकिङ र फिल्म उधोगका लागि राम्रो मान्छे हो तर परिवारका लागि म राम्रो मान्छे हैन । बिभिन्न कारणले श्रीमतीहरूसँगको सम्बन्ध राम्रो हुन सकेन । त्यसैले म पारिवारिक रूपमा असफल व्यक्ति हो । मैले फिल्म क्षेत्रलाई नै परिवार माने जसले गर्दा आफ्नो पारिवारिक जीवन सफल हुन सकेन ।'


म शहरिया कलाकार हैन : रेखा थापा, अभिनेत्री
अभिनेत्री रेखा थापाका फिल्मले मल्टिप्लेक्स भन्दा पनि मोफसलका सिङ्गल थिएटरमा राम्रो व्यापार गरेको पाइन्छ । त्यसकारण रेखाले आफ्नो होम प्रोजेक्टको पहिलो फिल्म काली पनि मोफसलका दर्शकलाई ध्यानमा राखेर निर्माण गर्दैछिन् । मल्टिप्लेक्समा कम हेरिने रेखाले फिल्म लंका रिलिज ताका फिल्मीखबरसँग भनेकी थिइन्- 'यहाँ नयाँ धार र पुरानो धार भनेर छुट्ट्याउन थालियो र दर्शकलाई कन्फ्यूजमा पारियो । लंकाले त्यो कन्फ्युज हटाउने छ । घमण्डका साथ भन्छु म शहरका दर्शकको नभएर ग्रामिण भेगका दर्शकको नायिका हुँ । त्यसकारण उहाँहरू आफ्नो नायिकालाई हेर्न पक्कै आउनु हुन्छ ।'


चुजी भएको भएको भए रेन्टमा बस्नुपथ्र्यो : बिराज भट्ट, अभिनेता
एक समयका व्यस्त अभिनेता विराज भट्ट अहिले भोजपुरी फिल्ममा व्यस्त छन् । विराज भोजपुरीमा भएपनि उनका फिल्म भने नेपाली पर्दामा प्रदर्शन भैरहेका छन् । फिल्म खेलेरै काठमाण्डौमा घर, गाडी जोडेका विराजले फिल्मीखबर समक्ष भनेको थिए- 'चुजी भएको भए आज मैले घर बनाउन सक्थिन थिएँ, दुई वटा गाडी जोड्न सक्थिन थिएँ । यदि चुजी भएको भए रेन्टमा बस्नुपर्ने स्थिती हुन्थ्यो । तसर्थ पनि चुजीको मामलामा सोच्नै पर्ने स्थिती छ हाम्रो देशमा । बालबच्चा, रिटायर लाईफलाई पनि हेर्नुपर्ने हुन्छ, च्वाईसमा जान त्यति ठिक लागेन मलाई ।'

 



अश्लिल फिल्मले दर्शक तानिदैनन् : केकी अधिकारी, अभिनेत्री
फिल्मीखबरकोसँगको कुराकानीमा अभिनेत्री केकी अधिकारीले अश्लिल सिनेमा क्षणिक हुने र यस्ले दर्शकलाई आकर्षित नगर्ने धारणा राखेकी थिइन् । तर, केकीको बोलीले यतिखेर व्यवहारिकता पाएको छैन । उनले भनेजस्तो अश्लिल फिल्म निर्माणको क्रम पनि घटेको छैन, अन्य फिल्म पनि चलेका छैनन् । अश्लिल फिल्मको बजार बारे केकीले भनेकी थिइन्- 'घाम चर्केको बेला पानी पर्यो भने सबैलाई रमाईलो लाग्छ र शितलताको अनुभुती पनि हुन्छ । एक पटक पानीमा रूझ्न मन पनि पराउँछ तर लगातार पानी परिरह्यो भने सबैलाई दिक्क लाग्छ । अश्लिल फिल्म बनाएर दर्शकको ध्यान तान्न खोज्नु भ्रम नै हो । हरेक कुराको सिमा हुन्छ र जब सिमा नाघिन्छ त्यसले आफ्नै भविश्यमाथी बन्चरो हान्छ ।'


फिल्म क्षेत्रमा आउन पाउ मोल्नु पर्यो : विल्सन विक्रम राई, कलाकार
कलाकार विल्सन विक्रम राई अहिले स्टेज देखी स्क्रिन सम्म हिट छन् । टेलिफिल्म मेरी बास्सैमा तक्मे बुढा बनेका विल्सनको खाजा नेपालमा र खाना विदेशमा हुन्छ । फिचर फिल्ममा समेत डिमान्ड बढाइरहेको विल्सनले अभिनय यात्रा बारे विगतलाई सम्झदै भनेका थिए- 'मैले यो क्षेत्रमा आउन धेरैको पाउ मोलें । मेरो कुच्चेको अनुहारलाई कसैले पत्याउथेन । कोरसको पनि पछाडी लगेर राख्दिन्थे तर म हरेश खाईन । जस्ले मलाई पत्याउनु हुन्थेन आज उहाँहरूकै प्रेरणाले त्यहि कोरस नाच्ने ठाउँको अगाडी लिड गरिरहेको छु । यो मेरो आफ्नो परिश्रमले मात्र हैन दर्शकको मायाले पनि हो । आज जुन माया पाएको छु त्यो मलाई कुनै दिन भारी हुनेछैन ।'


नायिका भएपछि मात्रै वास्ता गरियो : दिप्ती गिरी, नायिका
टम एण्ड जेरीकी दिप्ती गिरी के म तिम्रो साथी बन्न सक्छु मार्फत नायिका बनिन् । फिल्ममा आउनु अगाडी दर्जन भन्दा बढी फिल्ममा अभिनय गरेकी दिप्ती फिल्म रिलिज पश्चात खासै चर्चामा रहिनन् । तर, उनले हिरोइन भएपछि मात्रै मिडियाले खोज्ने कुराको बिरोध गर्दै फिल्मीखबर समक्ष भनेकी थिइन्- 'मैले पहिलो फिल्म पूर्णिमामा ४० सिन सहितको मुख्य भुमिका निर्वाह गरेकी थिएं तर त्यहाँ न मेरो कामको मूल्याङ्कन भयो न मलाई वास्ता गरियो । अहिले नायिकाको ट्याग पाए पछि चारैतिरबाट वास्ता गरिन थालेको छ । म मात्र हैन हरेक बालकलाकारलाई यहाँ बेवास्ता गरिन्छ ।'



छोरीको किस सिनले फ्ल्यास ब्याकमा पुगें : शिव रेग्मी, निर्देशक
एक समयका सफल निर्देशक शिव रेग्मीले फिल्म सो सिम्पलमा छोरी भावना र प्रमोद भारद्धाजलाई चुम्वन गराएका थिए । बिचमा बिरामी परेर स्वास्थ्य लाभ गरिरहेका निर्देशक रेग्मीको सो सिम्पलले भने उनका विगतका फिल्मले जस्तो व्यापार गर्न सकेन । सो सिम्पल रिलिज पूर्व निर्देशक रेग्मीले फिल्मीखबरसँग यस्तो अनुभव साटेका थिए- 'अहिलेसम्म कुनै कलाकारलाई किस सिन गराएको छैन जुन मैले सो सिम्पलमा आफ्नै छोरीलाई गर्न लगाएको छु । सो सिन खिच्दा भावना र हिरो प्रमोद भारद्धाजलाई त क्यारेक्टरमा डुबाएँ नै म आफू पनि उनीहरूको क्यारेक्टरमा डुबें र एक पटक आफ्नो फ्ल्यास व्याकमा पनि पुगें ।