Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गोकर्णमा फिल्म सुटिङ पार्क बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/07/01

गुरु योजना अनुरुप नै गोकर्ण सामुदायिक वनमा पार्क निर्माण भएमा फिल्मकर्मीलाई सुटिङको चिन्ता कम हुनेछ । ६ सय ५० रोपनीमा फैलिएको निर्माणाधिन गोकर्ण स्थित शहिद तथा शान्ति पार्कमा फिल्म सुटिङलाई खुला गरिने समितिका अध्यक्ष सुदर्शन सिग्देल बताउँछन् ।


फिल्म सुटिङको लागी पार्कलाई मनोरञ्जन क्षेत्र भनेर छुट्याइनेछ । जहाँ फिल्मलाई आवश्यक पर्ने हरेक दृश्य उपलब्ध हुनेछन् । अहिले गोकर्ण वन क्षेत्रमा करिब ४० प्रतिशत फिल्म तथा म्युजिक भिडियोको छायाँकन हुने गरेको बताइन्छ । फिल्म पार्क कस्तो बनाउने ? भनेर पार्क निर्माण समितिले असार १६मा नेपाल चलचित्र सम्वद्ध व्यक्तिलाई बोलाएको थियो । जहाँ अभिनेता तथा निर्देशक आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष मनोज केसी, द्धन्द्ध कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, कलाकार संघका सचिव उत्तम केसी, लगायत उपस्थित थिए ।

 

अभिनेता तथा निर्देशक आकाश अधिकारी भन्छन्- 'नेपालको झुप्रो घर देखी युरोपको सुविधा सम्पन्न भवनको नमुना बनाउन हामीले सल्लाह दिएका छौ ।' पार्कमा आवश्यक भौतिक साधन निर्माण गर्न फिल्म सम्वद्ध अन्य संघसंस्थासँग पनि छलफल गरिने पार्क निर्माण समितिका अध्यक्ष सिग्देल बताउँछन् । संघसंस्थासँग छलफल बारे संयोजन गर्ने जिम्मा प्राविधिक शंकर पाण्डेले लिएका छन् । नेपाल चलचित्र विकास वोर्डले चरिकोटमा स्थापना गर्ने भनेको फिल्म सुटिङ पार्क कार्य योजनामै सिमित छ ।