
कहाँ छौ कहाँवाट फिल्मी इन्ट्री मार्दै रजतपटमा प्रवेश गरेका प्रोड्यूसर गोविन्द शाही यतिवेला आफ्नो दोस्रो फिल्म संसार आफ्नैको पव्लिसिटिमा निकै व्यस्त छन । श्रावण १२ गते देखि एकैसाथ नेपाल भर प्रर्दशन गरिने भनी प्रचार प्रसार गरीए पनी विविध कारणले गर्दा उक्त फिल्म एक साता पछी सरेको छ ।

अदालती प्रक्रिया अघि बढाउन प्रहरीले यथेष्ट प्रमाण नभेटिएको भन्दै मोडल दिक्पाल कार्कीलाई छाडिदिए पनी सो घटना अझै सेलाएको छैन ।

सहकर्मीबाट पुरस्कृत हुदाको अनुभव साच्चिकै गर्व गर्न लायक हुन्छ र यस्तै देखियो हिजो शुक्रबार भएको एक कार्यक्रममा जहाँ अभिनेत्री बसुन्धरा भुषालले सहकर्मी सुभद्रा अधिकारीलाई आफ्नो गुठीबाट २५ हजार नगद सहित ताम्रपत्रले सम्मान गरिन् ।

कुनै पनि बेला राज्यको केन्द्रिय कुर्सी छाडी पावर लेस हुन लागेको काम चलाऊ सरकारका प्रमुख डा. बाबुराम भट्टराईले कलाकारलाई दश करोड भन्दा बढी रकम दिने आश्वासन दिएका छन् ।

एक साता अघि सुटिङ शुरू गरिएको फिल्म 'धन्दा' को पहिलो सेड्यूल अर्न्तगतको ५० प्रतिशत काम सकिएको निर्माता बाबुराम दाहालले फिल्मीखबरलाई जानकारी गराए । १५ दिनको सेड्यूल निकालिएको सो फिल्मको दोस्रो सेड्यूल भने करिब एक महिना पछि शुरू गरिनेछ ।

पछिल्लो समयका निकै व्यस्त हिरो जीवन लुईटेललाई भाद्र २९ गते बिशेष रहनेछ । कारण उनी अभिनित प्रतिक्षित फिल्म 'ब्ल्याक मेल' उक्त मितीमा सार्वजनिक हुनेछ । अहिले उनी सोही फिल्ममा आफूले निभाएको भुमिकाको प्रतिक्रिया लिन आतुर छन् ।