
द् स्काई मुभिजको प्रोडक्सनमा बनेको मेघा बजेटको फिल्म काठमाण्डू लाई आजबाट अनलाईनमा फ्रिमा हेर्न पाईने ब्यवस्था गरिएको छ ।

विकास आचार्यको फिल्म रिदमले काठमाण्डूका तीन मल्टिप्लेक्समा रिलिजको एकाउन्न दिन पुरा गरेको छ ।

छैठौं अध्यक्षको रुपमा निर्वाचित भएका दिनेश डिसीले निर्देशकहरुको हक अधिकारको पक्षमा वकालत गर्ने भन्दै भावी कार्यक्रमको रुपमा सार्वजनिक घोषणापत्रलाई चाडो भन्दा चाडो लागु गरि छाड्ने दाबी गरेका छन् ।

नरेश पौडेलसंगको तीब्र प्रतिष्पर्धामा दिनेश डिसीले चौध प्रतिशत मतान्तर ल्याउदै चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा बिजय हासिल गरेका छन् ।

चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिका लागि सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष पद सहित सात साधारण सदस्य पनि निर्विरोध भएको छ ।

रोजगार सम्बन्धी वेवसाईट क्यारियर काष्टले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्टमा संसारकै पाँच झुर जागिर अन्र्तगत कलाकारिता परेको छ । शारिरीक श्रम, आम्दानी, तनाव, काम गर्ने वातावरण र जागिरको सम्भावनालाई आधार मानेर गरिएको सर्वेक्षण बाट क्यारियर काष्टले कलाकारितालाई संसारकै पाँच झुर जागिर अन्र्तगत राखेको हो ।

