मिति : २०८२ ज्येष्ठ ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19753 - 19758 of 22634
प्रकटकुमार शिशिर, काठमाण्डौ, २०६९ आषाढ १७, आईतवार

कतारको राजधानी दोहामा चलचित्र विकास बोर्डले आयोजना गर्ने भनेको अर्न्तराष्ट्रिय चलचित्र महोत्सव नहुने भएको छ । बोर्डको आयोजनामा भदौको ५ गतेदेखी ७ गतेसम्म खाडी मुलुक कतारमा गर्ने निर्णय गरेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आषाढ १७, आईतवार

करिब अढाई घण्टा ढिलो शुरू भएको फिल्म 'संसार आफ्नै' को अडियो लञ्च कार्यक्रममा हिरो हिरोइन नआए पछि निर्माता गोबिन्द शाहीको मुहारमा खासै चमक देखिएन । शाही मात्र हैन उपस्थित सञ्चारकर्मीले पनि कलाकार बिनाको अडियो लञ्चलाई खल्लो महसुस गरे ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आषाढ १७, आईतवार

गत असार ८ गते राजधानी र १५ गतेबाट मोफसलका हलमा प्रदर्शन भईरहेको फिल्म 'किन लाग्छ माया' को डिभिडी राईट १० लाख ६ हजारमा बेचिएको छ ।

सन्जोग बस्याल, पोखरा, २०६९ आषाढ १७, आईतवार

नायक रमित ढुङगाना अमेरिकामा घाईते भएका छन् । २ महिना अघि अमेरिका पुगेका रमित न्युयोर्कको बेल्ली जिममा जिम गर्ने क्रममा घाईते भएका हुन् । उनको दाहिने हातको बुढी औँलाको नशा च्यापिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ आषाढ १७, आईतवार

पछिल्लो समयको प्रतिक्षित फिल्मको रूपमा हेरिएको 'मायाज बार' निर्धारित मिती भन्दा एकसाता अघि रिलिज हुने भएको छ । 'खास कारण त केहि छैन तर हामीले श्रावण १२ गते रिलिज गर्दा राम्रो हुने लक्षण देखेर सारेका हौं', निर्देशक दिनेश डिसीले फिल्मीखबरलाई बताए ।
 

संजय सौगात, बुटवल, २०६९ आषाढ १७, आईतवार

प्रियंका कार्कीको पहिलो परिचय हो मिस टिन नेपाल २००५ । मिस टिन नेपाल २००५ कि विजेता प्रियंका अहिले हेरोईनको रुपमा पनि परिचित छिन् । झन्डै एक बर्ष अघि एक अमेरिकामा नेपाली भुटानी शरणार्थीहरुले बनाएको  फिल्ममा अनुबन्धित भएकी मिस टिन तथा मोडल प्रियंका प्रसन्न पौडेलको 'मेरो बेस्ट फ्रेन्ड' बाट हिरोइनका रुपमा डेब्यु गरेकी हुन् । 

Results : 19753 - 19758 of 22634